मूल खबरस्वास्थ्य

संक्रमित युवतीको अबस्था सामान्य, अन्य यात्रुको जाँच गर्नु जरुरी

सारोज डुङ्गेल
काठमाडौं,  शुक्रराज ट्रपिकल सरुवा रोग अस्पताल टेकुमा उपचार गराइ रहनु भएकी कोरोना संक्रमित युवतीको स्वास्थ्य अबस्था समान्य रहेको बताइएको छ ।
शुक्रराज ट्रपिकल सरुवा रोग अस्पताल टेकुका निर्देशक डा. सागर राजभण्डारीले कोरोना संक्रमित व्यक्तिको उपचार भइरहेको जानकारी दिनुभयो । उहाँलाई हामीले उपचार गरिरहेका छौं, डा. राजभण्डारीले भन्नुभयो,“उहाँको अवस्था सामान्य छ ।” डा. राजभण्डारीले ती युवतीसँगै कतार एयरलाइन्समा आएका अन्य व्यक्ति उच्च जोखिममा रहेको बताउनुभयो । उक्त उडानमा आएका अन्य व्यक्तिहरूलाई कोरोना परीक्षण गर्नुपर्ने भन्दै उहाँले संक्रमित युवतीसँग सम्पर्कमा रहेका अन्य व्यक्तिहरु पनि उच्च जोखिममा रहेको जानकारी दिनुभयो । डा. राजभण्डारीले युवतीका आफन्त तथा परिवारलाई घरमै क्वारेनटाइनमा राखिएको जानकारी दिनुभयो ।
युवती फ्रान्सबाट आएपछि घरमै क्वारेन्टाइनमा बस्नु भएको र केही दिनपछि टेकु अस्पतालमा सम्पर्क गरी कोरोना परीक्षण गराउनुभएको थियो । आइतबार कोरोना भाइरस पोजेटिभ देखिएपछि उहाँलाई टेकु अस्पतालमा भर्ना गरिएको थियो ।
एक चिकित्सकका अनुसार उहाँसँंगै फ्रान्सबाट आएकी भियतनामकी युवतीलाई भने क्वारेनटाइनमा राखिएको छ । उहाँलाई पनि कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ । उहाँले सरकारले पूर्णरुपमा लकडाउन गरेर सबै नाका र अन्र्तराष्ट्रिय उडान पूर्णरुपमा नरोके स्थिति भयानक हुने बताउनुभयो ।
कार्यक्रममा स्वास्थ्यमन्त्री ढकालले नेपालमा कोरोना संक्रमणको पछिल्लो अवस्था र आशंकित व्यक्तिका बारेमा जानकारी गराउँदै घरबाट बाहिर ननिस्कन आग्रह गर्नुभयो । आफैले आफैलाई बचाउन सावधानी अपनाउनुपर्ने मन्त्री ढकालको भनाइ छ । मन्त्री ढकालले सरकारले अत्यावश्यक सेवा बाहेकका सबै काम बन्द गरेर जनतालाई आ–आफ्ना घरभित्र बस्न र बाहिर अनावश्यक भीडभाड नगर्न गरेको आग्रहलाई पालना गर्न अनुरोध गर्नु्भयो ।गोरखापत्र अनलाइन

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button