खबर

कोरोना भाइरसका कारण मुलुकको अर्थतन्त्र प्रभावित भएपछि राहत प्याकेज ल्याउने तयारीमा सरकार

कोरोना भाइरसका कारण मुलुकको अर्थतन्त्र प्रभावित भएपछि पर्यटन, श्रम, पूर्वाधार, उद्योगलाई प्राथमिकतामा राख्दै राहत प्याकेज ल्याउने तयारी सरकारको छ ।

सरकारद्वारा गठित कोरोनाको असरले अर्थतन्त्रमा पारेको असरबारे अध्ययन समितिले सूक्ष्म अध्ययन अन्तिम चरणमा पुर्‍याएको छ ।

खासगरी कर भुक्तानी, ऋणमा सहुलियत, सामाजिक सुरक्षा कोषमार्फत अस्थायी श्रमिकको आधा पारिश्रमिकको व्यवस्था गर्नेगरी प्याकेज ल्याउन लागिएको अध्ययन टोलीका एक सदस्यले आर्थिक अभियानलाई बताए ।

उनका अनुसार प्याकेज घोषणाका लागि प्रभावित उद्योगहरूसँग अहिले क्षतिको विवरण माग गरिएको छ । ‘उद्योगको प्रकृति, लगानी, आम्दानी विवरणबारे सूक्ष्म तवरले अध्ययन गरिरहेका छौं,’ उनले बताए ।

अर्थ मन्त्रालयका सहसचिव उत्तरकुमार खत्रीका अनुसार अध्ययन समितिले सूक्ष्म अध्ययन गर्दा केही ढिलाइ भइरहेको हो । ‘अध्ययन सकिनै लागेको छ, के कस्तो राहत ल्याउनेबारे गृहकार्य भइरहेको छ, छिट्टै निष्कर्षमा पुगेर घोषणा गरिनेछ,’ उनले बताए । खत्रीका अनुसार होटल, हवाई, पूर्वाधारजस्ता क्षेत्रमा कोरोनाको सबैभन्दा बढी असर देखिएको अध्ययनको प्रारम्भिक निष्कर्ष निकालेको छ । आर्थिक अभियान दैनिकमा  छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button