
एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले आफ्ना ब्राजिली पुर्व स्टार नेयमार अनुबन्ध गर्न यसै सिजन अनुबन्ध गरेको फ्रेन्च फरवार्ड एन्टोइन ग्रिजमनलाई बेच्ने तयारी गरेको छ ।
बार्सिलोनाले ग्रिजमनलाई पीएसजी पठाएर नेयमारलाई अनुबन्ध गर्न पीएसजीसँग छलफल गर्ने तयारी गरिरहेको छ । यसमा पीएसजी सकरात्मक हुने बार्सिलोनाले विश्वास लिएको छ । बार्सिलोनाले नेयमारका लागि ग्रिजमनसँगै केहि रकमको प्रस्ताव राख्ने बुझिएको छ ।
बार्सिलोनालेआउदो समरमा नेयमारसँगै अर्जेन्टिनी लोउटारो मार्टिनेजलाई अनुबन्ध गर्ने योजना बनाइरहेको छ । दुवै खेलाडी बार्सिलोनाको प्राथमिकतामा रहेको छ । यस्तै बार्सिलोनाले नेयमार र मार्टिनेज अनुबन्ध औसमाने डेम्वेले, फिलिपे कौटिन्हो र जुनियर फिर्पाेलाई बेच्ने तयारी गरिरहेको छ ।
स्काई स्पोर्ट्सका अनुसार ग्रिजमनलाई पीएसजीमा अफर गरिने र नेयमारलाई बार्सिलोना फर्काउने तयारी गरिहेको छ । ग्रिजमनलाई पीएसजीमा ९० मिलियन पाउन्डमा मुल्यांकन गरिएको छ । यसै सिजन स्पेनिस क्लब एट्लेटिको मड्रिडबाट १०८ मिलियन पाउन्डमा बार्सिलोना पुगेको ग्रिजमनले आफ्नो प्रभाव छोड्न सकेको छैन । यो सिजन ग्रिजमनले ३७ खेल खेलमा मात्रै १४ गोल गरेका छन् ।

फ्रेन्च क्लब पीएसजीले नेयमारलाई बेच्ने तयारी गरिरहेको छ । पीएसजीले नेयमारको मुल्य १३५ मिलियन पाउन्ड तोकिसकेको छ । ब्राजिली नेयमार अघिल्लो समरमा नै बार्सिलोना आउन चाहेका थिए । तर, अन्तिम समयमा नेयमारको बार्सिलोना यात्रामा पुर्णविराम लागेको थियो ।
बार्सिलोनाका प्रशिक्षक क्विके सेटिनका छोरा (स्पेनमा चौथो डिभिजन खेलिरहेका) २४ वर्षीय लारो सेटिनले आफ्नो इन्स्टाग्राम स्टोरीमा नेयमार नै बार्सिलोनाको लागि उत्तम हुने बताएका छन् । नेयमार २०१७ मा विश्व कीर्तिमानी २०० मिलियन पाउन्डमा पीएसजी पुगेका थिए ।
बार्सिलोनाले आफ्ना सदावहार फवार्ड लियोनेल मेस्सीको सम्झौता नवीकरण गर्ने तयारी थालिरहेको छ । मेस्सीले नयाँ नविकरण गरेमा उनी कम्तीमा ३ वर्ष थप बार्सिलोनामै रहनेछन् ।hamrokhelkud/from




