एजेन्सी – जर्मन क्लब बायर्न म्युनिखले कोरोना भाइरस (कोभिड–१९) को त्रासकाबीच प्रशिक्षण शुरु गरेको छ । बायर्न म्युनिख कोरोना भाइरसको त्रासकाबीच प्रशिक्षण थाल्ने दोस्रो क्लब बनेको छ । यसअघि जर्मन क्लब बोरुसिया डर्टमन्डले गत सातादेखि प्रशिक्षण थालेको थियो
कोरोनाको कारण विश्व खेलुकद नै ठप्प बनेर शुरु हुने तर्खर पनि नहुदा क्लबले खेलाडीको फिटनेसको लागि सानो समूह बनाएर सोमबारदेखि प्रशिक्षण थालेको हो । बायर्नले क्लबका शीर्ष खेलाडीहरुले सोमबारदेखि प्रशिक्षण थालेको बताएको छ । पहिलो दिनको प्रशिक्षणमा स्टार फरवार्ड रोवर्ट लेवान्डोस्की, थोमस मुलर, किङ्से कोमान, निकोलस सुल, फिलिपे कौटिन्हो, म्यानुयल निउर, लियोन गोरेट्का, जोसुवा किम्मिच र जेरोमी बोएटिङको उपस्थिति रहेको थियो ।

जर्मनी अझै पनि लकडाउनमै रहेकाले क्लबले प्रशिक्षणमा लकडाउनको नियम पालना गर्दै वान अन वान ड्रिलको प्रशिक्षण गरेको थियो । बायर्नले १३ मार्चयता प्रशिक्षण गरेको थिएन । बायर्नले विज्ञप्ति जारी गर्दै बायर्नको पहिलो टोलीले सोमबारदेखि सानो समूह बनाएर प्रशिक्षण थालेको उल्लेख गरेको छ । ‘हामीले यो सरकारसँग समन्वय गर्दै प्रशिक्षण शुरु गरेका हौं । प्रशिक्षणमा हरेक खेलाडीले एक्लै एक्लै खेल्नेछ । प्रशिक्षणमा सर्वसाधारणलाई निषेध गरिएको छ ।’ बायर्नले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यस्तै जर्मनीको अर्काे क्लब साल्कले पनि सोमबारदेखि नै प्रशिक्षण शुरु गरेको छ । जर्मन बुन्डेस लिगाको २५औं चरणको खेल सकिदा बायर्न ५५ अंक जोडेर शीर्षस्थानमा रहेको छ । दोस्रो स्थानको बोरुसिया डर्टमन्डको ५१ अंक छ । बुन्डेस लिगमा ९ चरणको खेल बाँकी छ । जर्मनीमा १ लाख भन्दा बढीमा कोरोनाको संक्रमण देखिएको छ । १५ सय बढीले ज्यान गुमाइसकेको छ ।hamrokhelkud/from




