खेलकुद

मेस्सीको विकल्प नेयमार

एजेन्सी – ब्राजिली लेजेन्ड खेलाडी माजिन्होले स्पेनिस क्लब बार्सिलोनामा अर्जेन्टिनी फरवार्ड लियोनेल मेस्सीको विकल्पमा ब्राजिल तथा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्टार फरवार्ड नेयमार रहेको बताएका छन् ।

पछिल्लोपटक मेस्सीले बार्सिलोना छाड्ने चर्चा भइरहँदा माजिन्होले मेस्सीको विकल्पमा नेयमार हुने धारणा राखेका हुन् । नेयमार २०१७ मा विश्व कीर्तिमानी १९८ मिलियन पाउन्डमा पीएसजीमा अनुबन्धित भएका थिए । पीएसजीमा पहिलो सिजनपछि नै नेयमार खुशी हुन सकेका छैनन् ।

अघिल्लो सिजन बार्सिलोनाले नेयमारलाई फर्काउन भरमग्दुर प्रयास गरेपनि सफल हुन सकेको थिएन । तर, यो सिजन बार्सिलोनाले नेयमारलाई अनुबन्ध गर्ने योजना बनाइरहेको छ । पछिल्लोपटक मेस्सी क्लबसँग असन्तुष्ट रहेको र इटालियन क्लब इन्टर मिलानसँग जोडिएको हल्ला चलेको छ । माजिन्होले मार्कासँगको कुराकानीका क्रममा नेयमारलाई बार्सिलोना सुझाव दिँदै मेस्सीको पहिलो विकल्प नेयमार रहेको र त्यो भन्दा अर्काे खेलाडी पाउन कठिन रहेको बताएका हुन् ।

‘नेयमार बार्सिलोना जान्छन् भने म खुसी हुन्छु,’ मार्कासँगको कुराकानीमा माजिन्होले भने, ‘नेयमार मेस्सीको प्राकृतिक प्रतिस्थापन हुन् । मेस्सीलाई प्रतिस्थापन गर्ने अरू कुनै विकल्प छैन ।’पछिल्लो समय बार्सिलोना र बार्सिलोनाका खेलाडी पनि नेयमार फर्काउन लागिपरेका छन् । ब्राजिलले सन् १९९४ मा विश्वकपको उपाधि जित्दा मिडफिल्डर माजिन्हो टिममा रहेका थिए ।hamrokhelkud/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button