
डालमियाँले कड्किदै भने— ‘ के कोरोन त्यो बेलामा लन्च गर्न जान्छ र ?’
बिजय डालमियाँ, सामाजिक अगुवा तथा ब्यबसायी
मेचीनगर । कोरोना संक्रमणको नियन्त्रण र रोकथामका लागि नेपाल सरकारले गएको चैत ११ देखि लगाएको लकडाउनमा प्रत्यक्ष रुपमा नागरिकले महशुष हुने गरि सेवा पाएनन् र स्थानिय सरकारले नतिजा आउने गरि काम नगरेको भन्दै झापाका एक सामाजिक अगुवा र ब्यवसायीले मेचीनगरका नगरप्रमुखलाई सामाजिक सञ्जाल मार्फत खुल्ला पत्र लेख्न पुगे ।
उनी अर्थात बिजय डालमियाँ , झापा मेचीनगरका परिचित ब्यबसायी, नेपाली काँग्रेसका स्थानिय युवा नेता र सामाजिक अगुवा समेत हुन् । आफ्नो फेसबुक मार्फत मेचीनगरका जनप्रतिनिधीले स्थानिय नगरवासीमा पु¥याउन सकिने स्वास्थ्य सुरक्षाको कार्यक्रम र अत्याबाश्यकीय सामाग्री पु¥याउन नसकेको उनले आरोप मात्रै लगाएनन् यदि स्थानिय सरकारले नसके जनता आफैले अग्रसर भएर पनि काम गर्न सक्ने उनले उल्लेख गरेकाछन् । उनी स्वयम् मेचीनगरको बिपद ब्यबस्थापन समितिका सदस्य हुन् आखिर किन उनले मेचीनगरका नगरप्रमुख बिमल आचार्यलाई खुल्ला पत्र लेखे त ? चौतारी पोष्ट अनलाइनको नियमित स्तम्भ भिडियो चौतारी र कुराकानीका लागि हामीले डालमियाँसँग गरेको वार्तालाप प्रस्तुत गरेकाछौँ ।




