खेलकुद

करीअर बदल्ने बेलको त्यो गोल

एजेन्सी – रियल म्याड्रिडका विंगर ग्यारेथ बेलले सन् २०१४ को कोपा डेल रे फाइनलमा बार्सिलोनाविरुद्ध विजयी गोल गरेको ६ वर्ष पूरा भएको छ । त्यो गोलले रियल च्याम्पियन मात्र बनेको थिएन, डिफेन्डर मार्क बार्टराको करीअरमा निर्णायक मोड पनि बन्न पुग्यो ।

उक्त गोलको मदतले रियल म्याड्रिडले उपाधि जितेको थियो भने अघिल्लो सिजन रियल आएका बेलले क्लबका समर्थकमाझ आफूलाई सानदार रुपमा प्रस्तुत गरेका थिए । खेलको ८५ औं मिनेटमा मिडफिल्डमा बल अगाडी बढाएका उनलाई बार्सिलोनाका डिफेन्डर मार्क बार्टराले रियलको बेन्चअगाडी ज्यानले पेले । रियलका प्रशिक्षक कार्लो एन्चेलोटि फल माग्दै थिए तर बेलले बल लखेट्न छाडेनन् । उनले द्रुत गतिमा बार्टराभन्दा अगाडी पुगेर बललाई नियन्त्रणमा लिए र अगाडी बढाउँदै गोल नै गरे ।

उक्त खेलमा रियलका सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो चोटका कारण उपस्थित थिएनन् । रोनाल्डोको अनुपस्थितिमा बेलले उत्कृष्ट गोल गर्दै उपाधि दिलाए । त्यसअघि रियलले एन्जल डी मारियाको गोलले अग्रता लिएपनि बार्टराले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । त्यसबेला बार्टरा बार्सिलोनाको सिनियर टोलीमा जम्दै गरेका थिए । उनको खेल हेर्न राष्ट्रिय टोलीका प्रशिक्षक भिसेन्टे डेल बोसके समेत दर्शकदिर्घामा थिए ।hamrokhelkud/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button