विचार

खवरदार ! नेताहरु सहिदको रगत र हाम्रो पसिना ले सराप्ला

कमल मिश्र

मलाई राजनीति तिर चासो र जाँगर छैन र राजनीति गर्ने योजना पनि मैले वनाएको छैन । बिगतमा जति पसिना बगाईयो भोक, भोकै हिडियो जेल यातना भोगियो अंग भंग भ ईयो । तर अहिले पद प्रतिष्ठा र अर्थोपार्जन तिर लागिएन। देश बनोस जनताले सुख पाउन भन्ने मात्र चाहँना राखेर मत अनन्त जन्मको मयल रुपी पाप बाट कसरी मुक्त भ एर यो नित्य सनातन आत्मा को कल्याण कसरी होला भनी थोरै भ एपनि आध्यात्मिक साधनापथमा छु। मलाई म जहाँ लागे त्यहीँ ठीक लागेको छ।

यदि राजनीति नै गरेको भए म भन्दा जुनियर शेरधन राई मुख्यमन्त्री वने, मेरा समकालिन नेता शंकर पोखरेल, योगेश भट्टराईर भानु ढकाल आदि मन्त्री छन्भने सांसद र सभाषद त गनेर साध्य छैन म पनि हुन्थेहोला केही पदवाला तर यसतिर मलाई मतलव छैन। म बिरामी परेको ठीक एक महिना भयो ओछ्यान मै छु। उपचारमा कसैलाई गुहारिन पनि अरुची पेटको सिकायत, अपच खोकी र छातीको समस्याले यतिलामो समय सतायो तर कसैले सोधी खोजी गरेनन। एकतिर लकडाउन र कोरोना भाईरस को महामारी आफु थलापरे शुभचिन्तक केही स्वास्थ्य कर्मीको सल्लाह मा चारदिन अघि एम्बुलेन्स माआँफै पैसा तिरेर भक्तपुर अस्पताल पुगी कोरोनाको र्यापिट चेक गराए रिपोर्ट नेगेटिभ आयो तर शरिरको बिराम ठीक नभ एपछि स्वास्थ्य सेवा विभागका कर्मचारी साथीहरू को सुझाव अनुसार आज सोमवार प्रिय गुरुभाई सत्संगी जलेश्वर पौडेलले खोजिदिएको कोरोना बिशेष एम्बुलेन्स चडेर शुक्रराज अस्पताल टेकु पुगिकन घाँटीको रर्याल स्वाव पनि चेक गर्न दिए।

डेड महिना अगाडि धार्मिक यात्रामा भारत ग एकाले यी आदि चेक गराउन म बाध्य छु आशा र प्रार्थना छ।हरिगुरु को कृपाले स्वाब रिपोर्ट नेगेटिभ नै आउनेछ।तर, जव म शुक्रराज अस्पताल बाट छटपटिदै घरमा आएर यसो सकी नसकी अनलाइन हेर्छु त भातमारा कम्युनिष्ट नेताहरुको चाल त अर्कै पो छ वा दल फुटाउन पाउँने कानुन राष्ट्रपति दिदीले जारी गरिदिनु भएछ र त्यो संगै हज्जारौ सहिदको वलिदान र लाखौ कार्यकर्ताको दुख जिलोबाट निर्माण भ एको पार्टी नेकपा बिभाजन को मुखमा पुग्यो भन्नेखालका हल्लाले फेसबुक पेज भरिएका छन्।

यदि यस्तै हो भने र महामारी को रुपमा फैलिएको कोरोना भाईरसको प्रकोप ले पुरै बिस्वलाई गाँजेको बर्तमान समयमा यस्ता वेतुकका अत्यादेश जारी गरेर पार्टी विभाजन गर्ने दुस्साहस जसले गर्छन तिन लाई सहिदको रगतले अवस्य सराप्ने छ भने हामी जस्ता पीडित हरुको दुखकष्ठ र मसिनाको मुल्य खोज्न कोरोनाको महामारी सकिएपछि नेताहरुको दैला दैला मा सबै पुग्नेछौ। खरदार जनताको वलिदान र दुखबाट निर्मित पार्टी तिमी नेताहरुको कमाईखाने र सत्ता मा बसेर मोजगर्ने भाँडो मात्र हैन हाम्रो पनि पार्टीमा हिस्सा छ पार्टी फुटाउन ताना वुना रच्ने नेताहरुलाई चेतना भया राधेराधे

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button