खबर

सफाइ कर्मचारीमा कोरोना संक्रमण

वीरगन्ज–  कोरोना भाइरसको संक्रमण देखिएका थप २ जनामध्ये १ जना पर्साको वीरगन्ज महानगरपालिकाका कर्मचारी भएको पाइएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा थ्रोट स्वाब परीक्षणका क्रममा वीरगन्जका ५० वर्षीय २ जना पुरुषमा आइतबार कोरोना संक्रमण पुष्टि भएको थियो ।

कोरोना संक्रमण भएका दुवै जना वीरगन्जकै स्थानीय हुन् । जसमध्येका १ जना पुरुष भने वीरगन्ज महानगरपालिकामा सफाइको काम गर्ने व्यक्ति हुन् ।

चिकित्सकहरुले उनीहरुमा स्थानीय स्तरमै कोरोना संक्रमण भएको बताएका छन् । अहिले उनीहरुको सम्पर्कमा रहेका व्यक्तिको खोजी भइरहेको जिल्ला प्रशासन कार्यालय पर्साले जानकारी दिएको छ ।

संक्रमित दुवै जनाको अहिले नारायणी अस्पताल वीरगन्जमा उपचार भइरहेको छ । नारायणणी अस्पतालको आकस्मिक सेवा विभागका प्रमुख डाक्टर उदय नारायण सिंहका अनुसार दुवै जनाको स्वास्थ्य अवस्था भने सामान्य छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button