मूल खबर

कोरोना भाईरस रोकथाम नियन्त्रणको बागमती प्रदेशको पछिल्लो अपडेट

कोरोना भाईरस रोकथाम नियन्त्रणको लागि बागमती प्रदेश सरकारले परिक्षणलाई तिब्रता दिएको छ । आईतबार सम्म आठ हजार १४ जनाको –यापिड परिक्षण गरिएको सामाजिक बिकास मन्त्रालयले जानकारी दिएको छ । जसमध्ये सात हजार नौ सय ९७ मा नेगेटिभ र १७ जनामा पोजेटिभ देखिएको थियो ।

पोजेटिभ देखिएकाहरुको स्वाब परीक्षण गर्दा ४६ जनाको पिसिआर रिपोर्ट पोजेटिभ भएको मन्त्रालयका अस्पताल बिकास तथा चिकित्सा महाशाखा प्रमुख डा. पुरुषोत्तमराज सेढाईले जानकारी दिए । हालसम्म काठमाडौमा दुई हजार पाँच सय ४३ ललितपुर छ सय २९ भतmपुर तिनसय ६२ मकवानपुर पाँच सय ३७ सिन्धुली चार सय ९१ धादिङ पाँच सय ५५ रसुवा ६१ .नुवाकोट पाँच सय १९ सिन्धुपाल्चोक पाँच सय दुई काभ्रे चार सय ८५ दोलखा तिन सय ६९ रामेछाप एक सय ५५ जनाको–यापिड परिक्षण गरिसकिएको छ । त्यस्तै मन्त्रालयले हालसम्म १३ जिल्लाबाट दुई हजार ९६ जनाको स्वाब परिक्षण गरिएको जनाएको छ ।

कोरोना भाइरस आँशका गरिएको दुई हजार ९६जनाको आरटी पिसिआर किटबाट स्वाब परिक्षण गरिएका मध्ये ६ जनामा कोरोना संक्रमरण पोजेटिभ रहेको देखिएको जानकारी डा.सेढाइले दिए । उनले प्रदेशका १३बटा जिल्लामा कोरोना रोकथाम नियन्त्रण र उपचारको लागि तिन हजार नौ सय २४ क्वारेन्टाईन आठ सय ९८ आईसोलेसन बाड तयारी हालतमा रहेको बताए । क्वारेन्टाईनमा हालसम्म तिन सय आठ जना बसेका छन् भने आईसोलेसन बाडहरुमा ४ जना मात्र रहेका छन । प्रदेश सरकारले यस अघिनै कोरोना रोकथाम एवम् नियन्त्रणको लागि प्रदेश भित्रका महानगरपालिकालाई २० लाख, उपमहानगरपालिकालाई १५लाख, नगरपालिकालाई १२ लाख त्यसैगरि गाँउपालिकाहरुलाई १० लाखको दरले स्थानिय तहहरुलाई बजेट बिनियोजन गरिसकेको सामाजिक बिकास मन्त्री युबराज दुलालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button