खबर

झापाबाट हतियार सहित एक पक्राउ

झापा / झापाबाट विभिन्न हातहतियार सहित एक जना पक्राउ परेका छन् । कनकाई नगरपालिका–३ स्थित एक घरबाट विभिन्न हातहतियार बरामद गरिएको छ ।

शुक्रबार दिउँसो ईलाका प्रहरी कार्यालय सुरुङगाबाट खटिएको प्रहरीले ३९ वर्षीय बुद्धराज काफ्लेलाई जबरजस्ती करणी घटनाको अनुसन्धानको क्रममा घरमा लुकाई छिपाई राखेको अवस्थामा विभिन्न हतियार फेला पारेको हो ।

बरामद भएको थ्रिनटथ्री राईफलको गोली ११ राउण्ड, एसएलआर राईफलको गोली १ राउण्ड र खुकुरी १ थान सहित काफ्लेलाई प्रहरीले पक्राउ गरेको छ । उक्त घटनाको आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । सञ्चारपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button