ज्ञानेन्द्र भन्छन् —‘ नगर सभा नगरेर जनअधिकारको अपमान गरियो ’।
झापा । मेचीनगर नगरपालिकाले कानूनत असार १० गते ल्याउनु पर्ने नगरको नीति तथा कार्यक्रम ल्याउन नसकेपछि अहिले यो झापामा बहसको विषय बनेको छ । स्थानिय सरकारको रुपमा रहको नगरपालिकाले आफुले गर्नुपर्ने कानूनी दायित्व समेत पुरा गर्न नसकेको भनेर चौतर्फी रुपमा यसको आलोचना समेत हुन थालेको छ । मेचीनगर नगरपालिका उप मेयर लगात नेपाल कम्युनिष्ट पार्टी ( नेकपा)को बहुमत रहेको छ भने मेयर र केही वडाध्यक्ष नेपाली काँग्रेस अल्पमतमा देखिन्छ । संविधानले समेत तोकेको समयअवधिमा नगरपालिकाले नगरसभा गर्न नसक्नुमा दलीय पक्षको वकालत गर्दै अहिले यहाँका जनप्रतिनिधि एक अर्कालाई नगरसभा नहुनुको दोष लगाई रहेकाछन् । आज हामीले मेचीनगर नगरपालिकाका सकृय सामाजिक अगुवा ज्ञानेन्द्र घिमिरेसँग हाम्रो नियमित स्तम्भ भिडियो चौतारी र कुराकानीका लागि संवाद गरेकाछौँ । मेचीनगर नगरपालिकाले समयमा नगरसभा गर्न नसक्नुको के कारण हुन सक्छ भनेर नागरिक अगुवा समेत रहेका घिमिरेसँग गरिएको अन्तरसंवाद प्रस्तुत गरेकाछौँ ।
0 20 1 minute read



