विचार

पार्टी फुट्छ र पार्टी फुट्दैन

हल्का निराशमा कमेरेडले सोधे — के हाम्रो पार्टी अब पक्कै फुट्छ त कमरेड ?
कमरेडले पनि हल्का क्रान्तिकारी शैलीमा भने — यो वैचारिक पतनको अन्तिम चरणमा देखिने संकट हो, भौतिकवादी विश्वदृष्टिकोणले भन्ने हो भने , यो पार्टी न जोडिएको थियो, नजोडिन्छ न फुट्छ नि । उनले थपे यसलाई तपाईले सार र रुपको पक्षमा गंभीर मुद्रामा गएर बुझ्न सक्नु हुन्छ।
पहिलो कमरेड अक्क न बक्क भए, उनी सामान्य तर कट्टर क्रान्तिकारी पार्टीका समर्थक थिए । दोस्रा कमरेड त्यता पटि पनि बसिबियालो खेती धन्धा चलाउन दुईचार शब्द रटेर प्रबेश लिएका उनी भन्दा जान्ने कार्यकर्ता थिए । दोस्रा कमरेडको उत्तरले रन्थनिएका पहिला कमरेडले फेरि दोस्रा कमरेडसँग जिज्ञासा राखे — होइन हाम्रो पार्टी फुट्छ कि फुट्दैन भनेको एउटा पक्का कुरो त होला नि ?दोस्रा कमरेडले निधार चाउरी पारेर भने— तपाई एउटा कुरा जान्न पछि पर्नु भएको रहेछ, अहिले पार्टीमा बौद्धिकहरुको जमात छ, पुरातन मान्यतालाई खारेज गरेर , समय अनुकुलको संगठन चलाउने क्रममा कहिले काँही लगनगाँठोको क्रमभङ्गता जस्तो देखिए पनि मुख्य एजेण्डा भनेको पद तथा अर्थको हुने भएकाले हैसियत तथा ईकोनोमिक्सबीचको अन्तरसंर्घष भनेको अन्त्यमा गएर हिसाब मिलानमा गणितीय सुत्रका साथ समापन हुने गर्छ अत पार्टी फुट्दैन यसको अर्को बैज्ञानिक कारण केहो भने पार्टी जोडिएको पनि छैन । जब जोडिको छैन भने फुट्छ कसरी यो भौतिकवादी चिन्तनको प्रतिकुल ब्याख्या हुने भएकाले ढुक्क हुनुहोस पार्टी फुट्दैन ।
दोस्रा कमरेडले दिएको यो जवाफ पहिलो प्रश्नकर्ता कमरेडले अझै मेलोसँग बुझे जस्तो गरेनन् र फेरि थपे — कस्तो कुरा गर्नु हुन्छ कमरेड , पार्टी एकता त हो नी , दुईपार्टी एक भएर त यो नयाँ नाम भएको हो , कस्तो कुरा गर्नु भएको हो ?
पहिलो कमरेडको सिधासादा प्रश्न सहितको जिज्ञासा पछि दोस्रा कमरेडले कमरेडली भाकामा थपे— तपाइँहरु अहिले पनि उही बसाईँ हिड्नेको ताँतीले भन्ने गीतका पछि लाग्नु भए जस्तो छ, पार्टी डिजिटल सिस्टममा पुगि सक्यो , हिसाव मिलानका खातीर बेलाबेलामा यस्ता जोडिने, अलिक जोडिए जस्तो हुने, छुटे जस्तो गर्ने यस्ता क्रमहरुले निरन्तरता पाएनन् भने पार्टी कसरी चलायमान बन्छ त ?दुनियाँ पढ्नुहोस के कमरेड, पद तथा आर्थीक उपार्जन, ऐस एवं आराम, चल अचलको संचय, आरती मण्डलीको संरक्षण लगायतका विषय आजका हाम्रा मुख्य एजेण्डाहरु हुन् । चलायमान पार्टीमा यस प्रकारका शालिन र शिष्ट बहस र अन्तरकृयाको आबाश्यकता पर्छ । पार्र्टीमा यदि यसप्रकारका सन्देशमूलक कार्यक्रमहरु भएनन् भने पार्टी जोडिएको हो कि, टाँसिएको हो कि, चिप्लीदै छ कि ,तपाईहरुले पनि त जानकारी पाउन प¥यो नि। तपाई ढुक्क हुनुहोस हाम्रा राम्रा कामको प्रचार गर्नुहोस आउने चुनावको तयारीमा लाग्नु होस , एउटा ईमानदार कार्यकर्ताको भुमिका भनेकोयही हो ।
दोस्रो कमरेडको लम्बे प्रवचन पछि अलिक उत्सुक हुदै पहिलो कमरेडले सोधे — राम्रा कामको प्रचार त भन्नु भो कमरेड , काम के के हुन् त ? थाहा त हुनु प¥यो होला नि ?
दोस्रो कमरेड अलिक हौसिदै अघि सरे , डिजिटल शैलीमै भने — पहिलो प्रचार , पार्टी फुट्दैन भन्ने गर्नुहोस यो भन्दा सुखद सन्देश के हुन्छ ? दोस्रो सरकार जो छ सो नै कायम रहन्छ भन्नुहोस यो भन्दा दिल बहलाउने मेलो के हुन्छ ?तेस्रो खबर फुटको हल्ला प्रतिगमनका गोमनले गरेको भन्नुहोस यो भन्दा आक्रामक के हुन्छ ? क्रमश भन्दै जानुहोस, सपना अझै दुई वर्ष सम्म निरन्तर देख्नु पर्छ त्यसपछि बिपनाको कुरा गर्दा सबै सपना पुरा हुन्छन् भन्नुहोस, जतातै राष्ट्रियताको लहर छ, यो लहरको चर्चा गनुहोस अनि यो पनि भन्नुहोस , पार्टी कहिल्यै फुट्दैन किनकी फुट्नका लागि जुटेको होइन यो भन्दा अझ बलियो बैज्ञानिक तर्क यो पनि राख्नुहोस — जुटेको भए पो फुट्ने संभावना हुन्छ , मिलाएको हो, कहिले सेलाए जस्तो हुन्छ कहिले ताते जस्तो हुन्छ ।यो निरन्तर जारी रहन्छ भनेर आम किसान ,मजदुर ,श्रमिक ,सुकुम्बासी, शोषित पिडित र न्यायप्रेमी जनतामा सन्देश पु¥याउनुहोस किनकी तपाईलाई पनि थाहा छ ‘ हाम्रो पार्टी केहो भनेर ’।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button