
२९ असार २०७७
मेचीनगर । झापाको मेचीनगर नगरपालिका ६ काँकरभिट्टाबाट आज देखि विचार मञ्च नामक अनलाइन पत्रिका संचालनमा आएको छ । पत्रकार सन्तोष आचार्य सम्पादक रहेको विचार मञ्चको आज विधिवत रुपमा आरम्भ गरिएको हो । स्थानिय पत्रकार, राजनीतिकदलका प्रमुख, नगरपालिकाका जनप्रतिनिधि तथा सामाजिक अगुवाहरुले पत्रिकालाई निरन्तर प्रकाशनका लागि शुभकामना दिएका थिए ।
रिता आचार्यको संयोजनमा भएको उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य मोहन काजी, नेपाल कम्युनिष्ट पार्टी मेचीनगरका अध्यक्ष माधव अर्याल, नेपाली काँग्रेसका नगर सभापति ईन्द्र बुढाथोकी, जनता समाजवादी पार्टी नगर अध्यक्ष ओमप्रकाश खापुङ्ग, काँकरभिट्टा खानेपानी कार्यालयका प्रमुख दीपक पोखरेल, मेचीनगर नगरपालिका कार्यपालिका सदस्य टीकारमा मंग्राती, नेपाली काँग्रेसका युवा नेता गोपाल तामाङ्ग , पत्रकार ज्ञानेन्द्र निरौला लगायतले शुभकामना ब्यक्त गरेका थिए । विचार मञ्चको आबश्यकता र औचित्यका बारेमा सम्पादक सन्तोष आचार्यले आफ्नो धारणा राखेका थिए ।

भानु जयन्तीको अवसरमा आरम्भ गरिएको विचार मञ्चको आरम्भकै दिन सम्पादक आचार्यले विचार मञ्च सबैको साझा बनाउने प्रतिबद्धता ब्यक्त गर्दै पाठकहरुको सुझाव सहित आफ्ना विचार , लेख रचनाकाका लागि समेत सबैमा अपिल समेत गरेकाछन् ।



