
अगस्ट 8, 2020
सिलगढी : राज्य सरकारको निर्देशानुसार आज राज्यभरि झैँ यता सिलगढीमा पनि लकडाउन चलिरहेको छ। आज बिहानैदेखि सिलगढीको विभिन्न थानाको तर्फबाट यहाँको विभिन्न ठाउँहरूमा अभियान चलाइरहेको छ। प्रधान नगर थानाका पुलिसले सादा पोशाकमा चम्पासारी, देवीडाङ्गा, मिलन मोड़, समर नगर, बाड़तल्लालगायत अन्य केही इलाकाहरूमा अभियान चलाए। उक्त अभियान अवधि लकडाउनको उल्लङ्घन गरेर दोकान खोल्ने मानिसहरूसहित सडकमा बिना कारण घुमिहिँड्ने 32 जना मानिसहरूलाई हिरासतमा लिएको छ। हिरासतमा लिएको मानिसहरूविरुद्ध डिजास्टर म्यानेजमेन्ट एक्ट अन्तर्गत मामिला दर्ता गरेर कानुनी कार्वाही शुरू गरेको छ।

लकडाउनको उल्लङ्घन गरेको आरोपमा जलपाईगढीमा 22 पक्राउ
अगस्ट 8, 2020
जलपाईगढी : राज्यभरिमै जारी साप्ताहिक लकडाउन अवधि जलपाईगढी कोतवाली पुलिसले जलपाईगढीको विभिन्न इलाकामा अभियान चलाएर लकडाउनको उल्लङ्घन गरेको आरोपमा 22 जना मानिसहरूलाई पक्राउ गरेको छ. जलपाईगढी कोतवाली थानाका आईसी विपुल सिन्हाको नेतृत्वमा एउटा विशाल पुलिस वाहिनीले जलपाईगढी सहरमा अभियान चलाए। पुलिस आएको सुइँको पाएर मानिसहरू यता-उता भाग्न थाले। पुलिसले तिनीहरूको पीछा गर्दा एकजना युवकले डरको कारण आफ्नो पेन्टमै पिसाब गरेको साथै केही मानिसहरू पुलिसलाई देखेर आफ्नो वाहन छोरी भागेको बताइएको छ। तथापि, दिउँसोसम्म पुलिसले लकडाउनको उल्लङ्घन गरेको आरोपमा 22 जना मानिसहरूलाई पक्राउ गरेको छ।

गोरामुमो-द्वारा सामाजिक सेवा अभियान जारी
अगस्ट 8, 2020
दार्जिलिङ : आज अप्पर सिङताम अन्तर्गत सुबास ग्राम शाखामा गोरामुमो समाजिक सेवा अभियान अन्तर्गत गोरामुमो दार्जिलिङ ब्राञ्च अध्यक्ष अजय एड्वर्डद्वारा झरी बर्षाको कारण घरको छाना चुहुने साथै भल पैह्रोले क्षतिग्रस्त भएको पीडित परिवारहरूलाई राहत स्वरुप तारपोलिन वितरण गरेका छन्। सिङताम शाखाका गोरामुमो श्रमिक संगठन एचपीडब्ल्युयु-का महासचिव एसके लामा अनि युवा एकाइ टोलीको अगुवाईमा आफ्नो शाखामा निरीक्षण गरी तारपोलिन वितरण गरेको गोरामुमो मीडिया सेल प्रभारी दिनेस साम्पाङले जानकारी दिएका छन्। स्थानीय मानिसहरूले ब्राञ्च अध्यक्ष अजय एड्वर्डद्वरा पुर्याएको सहयोगको लागि धन्यवाद दिँदै आभार व्यक्त गरेका छन्। यसको साथै कोरोना महामारीको समयमा विपन्न परिवारहरूलाई राहत स्वरुप खाद्य सामाग्री, माक्स, पञ्जा अनि सेनेटाइजर पनि वितरण ब्राञ्च अध्यक्ष अजय एड्वर्ड एवम् सम्पूर्ण गोरामुमो-लाई धन्यवाद दिएका छन्।siliguritimes/from,india



