सृजनाको चौतारी

तिमीलाई

तारा पौडेल ‘अविरल’

मुक्तक

आफ्नै चिताको धुनी बिचैमा झै पार्यो कि तिमीलाई।
खाँदै नखाको बिषले जस्तै पो मार्यो कि तिमीलाई।
पवनको बेग सँगै आकासिएको पंक्षि झै गरि पो
झडकार्दै पत्थर माथी नै झार्यो कि तिमीलाई।
समुन्द्र्को छाल झै उठ्ने परिवर्तित ति भावनाहरु
निमोठ्दै , निमोठ्दै केही चुस्दै दार्यो कि तिमीलाई।
उर्जाशिल ती अशंख्य जिवित आत्माहरु बिचमै
शहर छोडि गाउँकै पराले झोपडिमै सार्योकि तिमीलाई
पहाडका गल्छी र घुम्ती मोडहरु सब नियाल्दै
हिमाल ,पहाड र तराईका फाँटसबै चार्यो तिमीलाई।
हजारौ न्याय बिहिन नखोतलिएका फायलहरुमै
बिजयको शङ्खघोष भो भन्दै टार्यो कि तिमीलाई।
नटुसाएको बिज उम्रने पर्खाइमा बसेको चरी झै
खहरे , खोल्सो त कताहो ? समुन्द्रलेनै पो तार्यो कि तिमीलाई

इलाम

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button