
१० भदौ २०७७
बिर्तामोड । राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तकाकेन्द्रीय सदस्य बिश्वनाथ श्रेष्ठ र झापाका अग्रज पत्रकार नकुल काजी (पाण्डे) लगायत ५० बढी राजनैतिक, बौद्धिक र सामाजिक क्षेत्रका प्रभावशाली व्यक्तिहरु आज नेपाली काँग्रेसमा सामूहिक रुपमा प्रवेश गरेकाछन् ।
नवप्रवेशी हरुलाई नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले चन्द्रगढीमा आयोजित एक कार्यक्रमकाबीच पार्टी सदस्यता प्रदान गरेका थिए । काँग्रेस प्रवेश गर्ने श्रेष्ठ झापाका स्थापित उद्योगपति हुने भने नकुलकाजी झापाका अग्रज पत्रकार हुुन् ।

नवप्रवेशी हरुलाई सम्बोधन गर्दै नेता सिटौलाले राष्ट्रियता समाजवाद र लोकतन्त्र चाहने सच्चा देशभक्तहरुले अहिले आफैं नेपाली काँग्रेसलाई खोजीरहेको बताउँदै त्यसैको परिणाम बिश्वनाथ र नकुलकाजी जस्ता बौद्धिक व्यक्तिवहरु बिनाशर्त काँग्रेस प्रवेश गर्नु रहेको बताए ।

नेता सिटौलाले अहिले चुनाव होइन, अनि चुनावी माहोल पनि छैन, तर नेपाली काँग्रेसमा प्रवेश गर्नेहरुको देशैभर नै लहर लागेको र कतिपय ठाउँमा कोभिडका कारण पार्टी प्रवेश कार्यक्रम स्थगित गर्नु परेको बताउँदै नेता सिटौलाले कम्युनिष्टको नारा बेचेर कमाउनिष्ट भएका नक्कली कम्युनिष्टहरुका कारण देश रजनताको भविश्य अन्धारतर्फ धकेलिन थालेपछि बुद्धिजीवी, उद्योगी, व्यवसायी र आम सर्वसाधारण जनताले काँग्रेसलाई देशैभरी रोजीरहेको, खोजीरहेको आरोप समेत लगाएका थिए ।
नव प्रवेशीका तर्फबाट आफ्रनो मन्तव्य राख्दै झापाका उद्योगपति एवम् सामाजिक व्यक्तित्व बिश्वनाथ श्रेष्ठले ३५ वर्ष राप्रपामा बसेर आफूले समय र उमेर बेकारमा खेर फालेको दुखेसो गर्दै अलमलिएर बसेका लोकतन्त्रवादीहरुलाई आफूजस्तै नेपाली काँग्रेसको बिशाल लोकतान्त्रिक छहारीमा आउन आव्हान गर्नुभयो । उहाँले राप्रपामा व्यक्तिवादी प्रवृत्ति हावी भएको र उसले प्रजातन्त्रको संरक्षण गर्नसक्ने अवस्था नदेखिएकोले सच्चा प्रजातन्त्रको छहारी खोज्दै आफू काँग्रेसमा आइपुगेको बताए ।
अर्का वक्ता अग्रज पत्रकार नकुल काजीले अहिलेका सत्ताधारीहरुबाट लोकतन्त्रको हुर्मत लिने काम भएको र यसले राष्ट्रियता नै संकटमा पर्ने अवस्था देखिएकोले देश र लोकतन्त्र जोगाउन आफू बिनाशर्त नेपाली काँग्रेसमा प्रवेश गरेको बताउनु बताएका थिए ।

कर्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य भारतेन्दुकुमार मल्लिकले सबै अदिवासी, जनजाति, मधेशी र पीछडिएको समुदायको यावत समस्याहरुबाट मुक्ति नेपाली काँग्रेस पाटीले मात्र गर्नसक्ने देखेर नै आफूहरु पनि काँग्रेसमा समाहित भएको बताउँदै राष्ट्रियता, समाजवाद र लोकतन्त्र बचाउन काँग्रेसको गाछीको छहारीमा अउन आव्हान गरेका थिए ।
नेपाली काँग्रेस झापाका सभापति उद्वव थापाले नेपाली काँग्रेस लोकतान्त्रिक पार्टी भएकोले अरु पार्टीमा जस्तो निषेध रबिभेदको राजनीति काँग्रेसमा नहुने हुँदा नयाँ पुरानो नभनी मिलेर संगठन निर्माणमा लाग्न कार्यकर्तालाई आग्रह गरेका थिए ।
नेपाली काँग्रेस भद्रपुर नगर समितिका सभापति मोहन महर्जनको सभापतित्वमा भएको सो कार्यक्रममा ३ नं क्षेत्रीय सभापति गणेश पोखरेलले धेरै लब्ध प्रतिष्ठित व्यक्तित्व र आम सर्वसाधारणहरु काँग्रेस प्रवेशको तयारीमा रहेपनि कोरोनाका कारण कार्यक्रम सञ्चालन गर्न कठिनाई भइरहेको समेत सुनाएका थिए ।



