मूल खबर

नेपालमा कोरोनाबाट पहिलोपटक डाक्टरको मृत्यु

१५ आश्विन २०७७, बिहीबार

न्युज अफ नेपाल, काठमाडौँ ।

नेपालमा पहिलोपटक कोरोना संक्रमणबाट एक डाक्टरको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कर्णाली प्रदेश अस्पतालका ५८ वर्षीय अर्थोपेडिक सर्जन डा. हरि सापकोटा रहेका छन् । कोरोना संक्रमण पुष्टि भएका उनको उपचारका क्रममा भेरी अस्पताल बाँकेमा मृत्यु भएको हो ।

उनलाई भदौ ३१ गते कर्णाली प्रदेश कोभिड अस्पतालमा भर्ना गरिएको थियो । त्यहाँबाट उनलाई थप उपचारका लागि असोज २ भेरी अस्पताल बाँकेमा रिफर गरिएको थियो । डा सापकोटा ११औँ तहका सरकारी डाक्टर थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button