खबर

साथीको हत्या गर्ने लिम्बु जेल चलान

१५ असोज २०७७

बिर्तामोड । आफ्नै साथीलाई धारिलो हतियार प्रहार गरी हत्या गर्ने शिवसताक्षी ८ का मनकुमार लिम्बु कारागार चलान भएका छन् ।

कर्तब्य ज्यान मुद्दामा जिल्ला अदालत झापाको आज भएको आदेशानुसार लिम्बुलाई पुर्पक्षको लागि जिल्ला कारागार भद्रपुर चलान गरिएको हो।
उनले भदौ १७ गते बिहान शिवसताक्षी ११ स्थित सताक्षीधाम जाने भित्री सडकखण्डको किनारमा आफ्नै साथी शिवसताक्षी ११ बस्ने २९ वर्षिय गोमनसिंह मगरलाई धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए । घटनापश्चात् प्रहरीले लामो अनुसन्धान गरी हत्यारा पत्ता लगाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button