खेलकुद

डर्टमुन्ड र बायर्नका गोट्जे पीएसभी पुगे

बुधबार, अशोज २१, २०७७

एजेन्सी – जर्मन क्लब बोरुसिया डर्टमुन्ड र बायर्न म्युनिखका प्लेमेकर मारियो गोट्जे फ्रि ट्रान्सफरमा डच क्लब पीएसभी आइन्डोभेन पुगेका छन् ।

डच क्लब पीएसभीले २८ वर्षीय प्लेमेकरलाई दुई वर्षको लागि क्लबमा अनुबन्ध गरेको हो । २०१४ मा जर्मनीलाई विश्वकप जिताउँदा अतिरिक्त समयमा निर्णायक गोल गरेका गोट्जेलाई यसै समरमा डर्टमुन्डले छाडेका थिए । उनलाई अनुबन्ध गर्न हर्था बर्लिन, एसी मिलान, लाजियो, एस रोमा र एट्लेटिको म्याड्रिडले चासो देखाएपनि उनी डच क्लबमा पुगेका हुन् ।

उनले फिलिप्स स्टाडिअनमा मेडिकल पुरा गरिसकेका छन् । ‘यो समरमा मलाई धेरै प्रस्ताव आएको थियो । म महसुस गर्ने मान्छे हुँ । म आफ्नै निर्णय गर्न सक्छु,’ गोट्जेले पीएसभीको आधिकारिक वेभसाइटमा भने, ‘म महसुस गर्छु कि म एकदमै भिन्न चुनौतीका लागि तयार छु । म विस्वस्त छु कि यो मेरो लागि उत्कृष्ट गन्तव्य हो ।’

२०१३ मा जर्मन महारथी बायर्न म्युनिख जानुअघि गोट्जेले बोरुसिया डर्टमुन्डमा युथ करियर हुदै आफ्नो व्यवसायिक खेल करियर सुरुवात गरेका थिए । बायर्नको तीन वर्षको बसाईपछि उनी पुनः आफ्नो बाल्यकालको क्लब डर्टमुन्ड फर्किएका थिए । डर्टमुन्डका प्रशिक्षक लुसियन फाभ्रेको योजनामा यो सिजन मात्रै २१ खेलमा मात्रै अवसर पाएका थिए डर्टमुन्ड छाडेपछि गोट्जे नयाँ गन्तव्यका लागि उत्साहित छन् ।

पीएसभीका फुटबल निर्देशक जोन डि जोङले क्लब र खेलाडीबीचको साझेदारीमा गोट्जेको आगमनले उत्साह भरिएको र उनलाई अनुबन्ध गर्न पाउदा खुशी र गर्व महसुस भएको बताएका छन् । ‘उनले आक्रमण र मिडफिल्ड दुवै क्षेत्रमा खेल्न सक्छन् । उनीसँग अन्तर्राष्ट्रिय अनुभव समेत छ,’ खेल निर्देशक जोन डि जोङले भने ।

मारियोले डर्टमुन्डा लागि गत सिजन २१ खेल खेल्दा ३ गोल गरेका थिए । उनी डर्टमुन्डमा चार सिजन रहँदा १०३ खेलमा १४ गोल गर्न सफल भएका थिए । त्यसअघि बायर्नमा तीन सिजन रहँदा ११४ खेलमा ३६ गोल गरेका थिए ।

त्यसअघि डर्टमुन्डमा रहँदा उनले ११६ खेलमा ३१ गोल गरेका थिए । २०१० देखि जर्मन राष्ट्रिय टोलीमा रहेका उनी २०१७ पछि राष्ट्रिय टोलीमा पर्न सकेका छैनन् । उनले जर्मनीका लागि ६३ खेलमा १७ अन्तर्राष्ट्रिय गोल गरेका छन् ।

गोट्जेले डर्टमुन्डबाट दुईपटक बुन्डेसलिगा, दुई पटक डिएफबी पोकल र एकपटक सुपरकप जितेका छन् । यस्तै बायर्नबाट उनले तीन पटक बुन्डेसलिगा, दुईपटक डिएफबी पोकल र समान एकपटक युइएफए सुपरकप र फिफा क्लब वल्डकप जितेका छन् ।hamrokhelkud/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button