
अशोज २३, २०७७
एजेन्सी – फिफा वरीयताको शीर्ष स्थानमा रहेको बेल्जियम अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा बराबरीमा रोकिएको छ । बेल्जियमलाई अफ्रिकी राष्ट्र आइभोरी कोस्टले १–१ गोलको बराबरीमा रोक्न सफल भएको हो ।
घरेलु मैदानमा बिहीबार राति भएको खेलमा मिचे बात्सुयाईले गोल गर्दै अग्रता दिलाएपनि अन्तिम तीन मिनेट सम्हालिन नसक्दा बेलिज्यम बराबरीमा रोकिन बाध्य बन्यो । आइभोरी कोस्टका फ्रान्क केइसीले पेनाल्टीमार्फत बराबरी गोल फर्काएका थिए ।
बल पोजेसनमा पकड बनाएको बेल्जियमले गोलको लागि दोस्रो हाफ नै कुर्नु परेको थियो । ५३औं मिनेटमा मिचे बात्सुयाईले गोल गर्दै बेल्जियमलाई अग्रता दिलाए । ८७औं मिनेटमा सेवास्टिएन बोर्नाउले पेनाल्टी बक्समा आइभोरी कोस्टका खेलाडीमाथि फल गरेपछि प्राप्त पेनाल्टीमा फ्रान्क केइसीले गोल गर्द खेललाई १–१ गोलको बराबरीमा ल्याए ।
नेसन्स लिग ‘ए’ २ मा रहेको बेल्जियमले ११ अक्टोवरमा इंग्ल्यान्डको तथा १५ अक्टोवरमा आइसल्यान्डको सामना गर्नेछ ।hamrokhelkud/from



