
जी एन शर्मा
आज पनि माल्दाई उत्तिकै खिप्ति गरेर आफ्नो कर्ममा जुटिरहेकाछन् , उनै माल्दाई जसले मेरो धेरै दसैँलाई साथ दिएका थिए । आज पनि उनको कर्म निरन्तर चलिरहेको छ उसरीनै जसरी त्यो बेला चलेको थियो । उस्तै छन् माल्दाई मुसुक्क हाँस्ने अनि पुतली जुँगा सपक्क पार्ने उनको पुरानो आदत आज पनि छ । जब दसैँ आउँछ यो मनमा पहिला माल्दाई आउँछन् । त्यो पुरानो कथा एक पटक फिनिनिनि आउँछ , मलाई पनि मज्जा लाग्छ ति दिनहरुलाई संझदा अनि मनबाटै वर्ग प्रेमको ज्वार छल्केर आउँआज पनि माल्दाई उत्तिकै खिप्ति गरेर आफ्नो कर्ममा जुटिरहेकाछन् , उनै माल्दाई जसले मेरो धेरै दसैँलाई साथ दिएका थिए । आज पनि उनको कर्म निरन्तर चलिरहेको छ उसरीनै जसरी त्यो बेला चलेको थियो । उस्तै छन् माल्दाई मुसुक्क हाँस्ने अनि पुतली जुँगा सपक्क पार्ने उनको पुरानो आदत आज पनि छ । जब दशैँ आउँछ यो मनमा पहिला माल्दाई आउँछन् । त्यो पुरानो कथा एक पटक फिनिनिनि आउँछ , मलाई पनि मज्जा लाग्छ ति दिनहरुलाई संझदा अनि मनबाटै वर्ग प्रेमको ज्वार छल्केर आउँछ जब संझन्छु ति दिन र पशुपति माल्दाई अर्थात तत्कालिन महारानी झोडाको स्कूलचौन बजार अहिलेको गौरादह नगरपालिकाको स्कूलचौन बजारमा रहेको पशुपति टेलर्सका संचालक पशुपति माल्दाईको ।
समयले धेरै यात्रा पार गरेको छ , उ बेलाको म किशोर अहिले किशोर छैन अनि त्यो बेलाका युवा माल्दाई अहिले युवा छैनन् । तर, जब दशैँको रौनक आउँछ पहिलो पटक मनले आफै भन्छ ‘माल्दाई नि त ’ हो मैले कहिल्यै न भुल्ने कथा राखेको छु माल्दाईसँगका पलहरुको । दशैँमा नयाँ लुगा लगाउनेको कुरो त कुरो उ बेला मेरा लागि कथानै थियो । मैले संझन जति प्रयास गरे पनि शायद एक पटक हुनु पर्छ एउटा रातो सर्ट दशैँका नाममा सिलाएको थियो क्यार बस । अब कुरो रह्यो दशैँमा मस्तले खाने कुराको त्यो पनि कागलाई बेल जस्तो नै थियो । मलाई दसैँले कहिल्यै पनि मन तानेन किन भने मेरो समाज र छिमेकमा जसरी दशैँ आउँथ्यो मलाई धेरै जिवनका बसन्तमा त्यो पाराको दशैँले छोएन । तर, मा जब पशुपति माल्दाईले बालिघरबाट मासु ल्याउँथे मेरो दसैँ पुरापुर उनकै घरमा आउँथ्यो । भन्नै पर्दा दशैँमा मेरो बास भनेको उही माल्दाईका घरमा हुन्थ्यो । हुनत छिमेकमा अरु धनाढ्यदेखि दशैँ राम्रै सँग मनाउन हैसियत राख्नेहरु पनि थिए। तर, थाहा छैन किन हो कुन्नी उनै पशुपति माल्दाईको घरनै प्यारो लाग्थ्यो अनि मेरा जति बाल्यकाल र किशोरकालका दशैँहरु आए र गए ति सबै उनै माल्दाईकै बालि घरका मासु भातमा बिते ।अहिले संझन्छु शायद म र माल्दाईसँग भएको नजानिदो वर्ग प्रेम हो या एउटा गरिब केटोप्रतिको उनको स्नेहले काम गरेको हो मेरा दशैँहरु उनै कथित दमाई भनिने पशुपति टेलर्सका प्रोपाईटर जो आज पनि स्कूलचौन बजारमा आफ्नै कर्ममा तल्लिनछन् उनैकै चौकामा बितेर गए । आज पनि मलाई ति दिनहरु संझदा गजब लागेर आउँछ अनि संझन पुग्छु जनताका कलाकार जीवन शर्माको गीत ‘ पूर्व बग्ने सुनकोशी ,पश्चिम बग्ने भेरी ,वर्गीय मायाँले भेट भो नि हाम्रो फेरि’ धेरै वर्ष पछि माल्दाईसँग भेट हुँदा हामी ति बितेका दिनलाई संझने पनि गछौँ र आज पनि त्यो गाउँ जादा पहिला पशुपति माल्दाईलाई प्रणाम गर्छु उनको घर जान्छु समय बाँकी रह्यो भने अरुलाई भेट्छु । यदि म त्यो गाउँ जानु भनेको जसले मेरो बालपनको पेटलाई पढ्यो , जसले मेरो अनिदो जस्तोदसैँ लाई धेरै वर्ष सम्म रसिलो बनायो अनि जसले मेरो नाङ्गो आङमा बेलाबेलामा कपडा ओढायो मैले संझने र जाने पनि त उसैलाई होलानी अनि उसैको त घर होला नि !
आज पनि ति दिनहरुलाई संझन मन लाग्छ । अनि आफु जस्तै हजारौँ पेटहरुलाई संझन्छु जो आज पनि दशैँमा कलेटी परेका ओठहरुलाई बोकेर बाँचेकाछन् । संझन्छु फेरि कतै न कतै त पशुपति माल्दाईहरु पनि रहेका होलान् नि त । मेरा लागि दशै यसरी स्मरण बन्न पुग्छ जबजब दसैँ आउँछ पशुपति माल्दाई टुपलुक्क मनमा आउँछन् अनि मनबाटै भन्न मन लाग्छ दाजै तपाईलाई प्रणाम नमन !



