
२१ पुष २०७७
काँकरभिट्टा । मेची ब्याडमिन्टन क्लबको आयोजनामा प्रदेश नं १ स्तरीय दोस्रो ब्याडमिन्टन प्रतियोगिता पुष २३ देखि २५ गते सम्म झापाको काँकरभिट्टा हुने भएको छ ।
मेची ब्याडमिन्टन क्लबका सचिव हरि तिम्सिनाले चौतारी पोष्ट अनलाइनलाई जानकारी गराए अनुसार प्रदेश नं १ मा रहेका चौध जिल्लाका ब्याडमिन्टनका खेलाडीहरुको सहभागिता रहने छ । मेची सामुदायिक भवन काँकरभिट्टा हुने सो प्रतियोगिताको मुख्य प्रायोजकमा मेचीनगर नगरपालिका र एनएमसी रहेकाछन् । प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको सचिव तिम्सिनाले बताए ।



