खेलकुद

डर्टमुन्डको जितमा हालान्डको दुई गोल

आइतवार, पुस २६, २०७७

एजेन्सी – चोटपछिको पुनरागमन खेलमा एर्लिङ ब्राउट हालान्डले दुई गोल गरेपछि बोरुसिया डर्टमुन्डले जर्मन बुन्डेसलिगामा आरबी लाइप्जिगलाई ३–१ ले पराजित गरेको छ ।

डर्टमुन्डले लाइप्जिगलाई उसकै मैदानमा हार चखाएको हो । डर्टमुन्डका लागि थप एक गोल जाडोन सान्चोको नाममा रह्यो । घरेलु टोलीका एलेक्सान्डर सोर्लाेथले गोल गरेपनि हार टार्न सकेन
रेडबुल एरिना लाइप्जिगमा शनिबार राति भएको प्रतिस्पर्धात्मक पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।

५५औं मिनेटमा सान्चोले गोल गर्दै डर्टमुन्डलाई अग्रता दिलाए । उनले मार्काे रिउसको पासमा गोल गरेका थिए । ७१औं मिनेटमा सान्चोको पासमा हालान्डले गोल गर्दै डर्टमुन्डको अग्रता दोब्बर पारे ।

८४औं मिनेटमा हालान्डले कप्तान मार्काे रिउसको पासमा व्यक्तिगत दोस्रो गोल गर्दै डर्टमुन्डलाई जिततर्फ अघि बढाए । ९०औं मिनेटमा एलेक्सान्डर सोर्लाेथले गोल गरेपनि टोलीको हार टार्न सकेन ।

यो जितसँगै डर्टमुन्ड २८ अंक जोडेर चौथो स्थानमा यथावत रहेको छ । पराजित लाइप्जिगले शीर्षस्थानमा उक्लने अवसर गुमायो । लाइप्जिगको ३१ तथा शीर्षस्थानको बायर्न म्युनिखको ३३ अंक छ ।hamrokhelkud/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button