
आइतवार, पुस २६, २०७७
एजेन्सी – फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले ब्रेस्टमाथि ३–० को सहज जित निकालेको छ ।
घरेलु मैदानमा पीएसजीको जितमा मोइस किन, मोउरो इकार्डी र पाब्लो सारावियाले गोल गरे । पहिलो हाफमा एक तथा दोस्रो हाफमा दुई गोल सम्भव भएको थियो ।
खेलको १६औं मिनेटमा मोइस किनको गोलबाट पीएसजीले अग्रता लिएको थियो । ८१औं मिनेटमा मोउरो इकार्डीले गोल गर्दै पीएसजीको अग्रता दोब्बर पारे । उनले केलियन एमबाप्पेको पासमा गोल गरेका थिए ।
त्यसको दुई मिनेटपछि अर्थात ८२औं मिनेटमा पाब्लो सारावियाले मोउरो इकार्डीको पासमा गोल गर्दै पीएसजीको जित पक्का गरे ।
यो जितसँगै पीएसजी १९ खेलबाट ३९ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । समान ३९ अंक भएपनि लिल तेस्रो स्थानमा रहेको छ । शीर्षस्थानको लियोनको ४० अंक छ । पराजित ब्रेस्ट २६ अंकसहित ११औं स्थानमा छ ।hamrokhelkud/from



