सृजनाको चौतारी

खै, संसद ? घेरा बन्दीमा प¥यो रे !

कविता

वरिपरि नेता संसद देखा
खै, संसद ? घेराबन्दीमा
खै, घेराबन्दी ? सडक सम्म पुग्यो
खै, सडक ? दुई भागमा प¥यो
कुन दुई भाग ?
कमिटीमा पस्यो
एक भाग कता ?
घेराबारामा
अर्को भाग नि ?
सरकारमा
जनता चै कता ?
यता न उता
कसले ग¥यो घेराबन्दी ?
भित्रैकाले भन्छन्
को भयो बन्दी ?
भित्रैको भन्छन्

हजुर कता ?
खै , कता हो कता
तपाई नि ?
यता न उता

भत्काए पो भन्छन् त ?
सुनिदै छ त्यस्तै
जनादेशको कुरा नि ?
त्यसै पनि भन्छन्
हाम्रो भोट नि ?
अलपत्र पारे
हाम्रा सपना ?
विचल्ली पारे
कमरेडहरु नि ?
तानातानमा परे
को, कता भन्छन् ?
यता पनि उता पनि
हामी चै कता ?
यता न उता
हाम्रो भोट नि ?
भयो अलपत्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button