कृषि र किसान

कम्पोष्ट मल कसरी वनाउने ? सिक्नुहोस प्रविधि

बोट बिरूवा तथा पशुपछीबाट प्राप्त हुने पराल, छवाली, गोबर, विभिन्न घाँपातहरू, खरानी, चुन आदिलाई नियमित तवरले तह–तह पारी क्रमैसँग राखी पटक–पटक पल्टाएर कुहाई तयार पारिएको मललाई कम्पोष्ट मल भनिन्छ ।

कम्पोष्ट मलका फाईदाहरू :

१. बोट बिरूवाहरूको लागि आवश्यक पर्ने विभिन्न किसिमका खाद्य तत्वहरू प्रदान गर्दछ ।
२. माटोको पानी शोश्ने क्षमता बढ्छ ।
३. माटोको भौतिक, रासायनिक र जैविक गुणलाई सुधार्छ ।
४. माटोमा हावा तथा पानीको आवागमन तथा निकास राम्रो हुन्छ ।
५. कम्पोष्ट मल माटोमा धेरै समय सम्म रहिरहन्छ ।
६. शूक्ष्म जिवाणुहरूको संख्यालाई बढाउँछ ।
७. आफुलाई पायक पर्ने ठाउँमा तयार गर्न सकिन्छ ।

कम्पोष्ट मल बनाउन प्रयोग गर्न सकिने बस्तुहरू :
१. पराल, छ्वाली, उखुको पात आदि
२. झारपात, रूखबाट झरेको पात, कलिला बोटको डाँठ र जराहरू
३. मानिस तथा जनावरको मलमुत्र, गोबर आदि ।
४. तरकारी केलाएर फ्याँकिने बोक्राहरू ।
५. चुन, खरानी आदि ।

कम्पोष्ट मल बनाउने ठाउँको छनोट :
१. सकभर खेतलाई पायक पर्ने ठाउँ अथवा खेतबारीको नजिक अलिकति अग्लो ठाउँ ।
२. रेखदेख पुग्ने ठाउँ ।

कम्पोष्ट मल बनाउने तरिका :
१. खाडल खनेर
२. थुप्रो बनाएर

खाडल तरिका खडल तरिका उपयुक्त हुने अवस्था :
१. पानी कम पर्ने
२. पानीको सतह कम भएका ठाउँहरूमा खाडलको साईज खाडलको साईज आवश्यकता अनुसार फरक फरक गर्न सकिन्छ तर गहिराई १ मिटरभन्दा बढी नगर्नु राम्रो हुन्छ ।

बनाउने तरिका :
१. उपयुक्त नापको खाडल बनाइसकेपछि कम्पोष्ट बनाउनको लागि राखिएको वस्तुहरूलाई तह–तह पारी खाडलमा राख्ने ।
२. प्रत्येक तह धेरै बाक्लो नबनाई करिब ६ देखि १० इन्च सम्म बनाउनु पर्दछ ।
३. हरेक तह पिच्छे जोरनको रूपमा कम्पेलसाल, चुन, चल्टिको, माटो, पानी हाल्नुपर्दछ । माथिको चल्तिको माटोमा प्रशस्त जीवाणु हुन्छ । कृषि चुनले जीवाणुको गतिविधि बनाउँछ र अम्लियपन हुन बाट बचाउँछ ।
४. सामान भरीसकेपछि माटोले छोप्ने जस्ले झिंगा र दुर्गन्धबाट बचाउँछ र खाद्य तत्व खेर जान बाट बचाउँछ ।

मलको पल्टाई पहिलो पल्टाई :
– सामान भरेको १ महिना पछि दोस्रो पल्टाई – पहिलो पल्टाईको १ महिना पछि तेश्रो वा अन्तिम पल्टाई – दोस्रो पल्टाई १.५ महिनापछि कम्पोष्ट पल्टाउँदा तह पिच्छे पानी छर्कने । पल्टाउँदा मल एकनासले पाक्ने हुन्छ ।

थुपार्ने तरीका यो तरिका उपयुक्त हुने अवस्था :
१. वर्षातमा वा पानी बढी पर्ने ठाउँमा ।
२. पानीको सतह भएको ठाउँंमा ।
३. खाडल खन्नको लागि ज्यामी र समयको अभाव भएको ठाउँमा ।

बनाउने तरीका :
१. खाडल नखनिकनै जमिन माथि थुपार्ने ।
२. खाडल तरिकामा जस्तै सोतर, झारपात, र जोरनको तह–तह राख्ने र पानी छर्कने ।
३. निश्चित उचाई करिब (१ मिटर जति ) भएपछि माटोले लिप्ने जसले गर्दा नाइट्रोजन मल उडेर जान बाट बच्ने र दुर्गन्ध पनि नआउने हुन्छ ।
४. खाडल तरिकामा जस्तै १–१.५ महिनामा मल पल्टाउने ।
५. वर्षायाममा पानी बाट बचाउन छोप्ने वा छानोको व्यवस्था गर्ने ।

पाकेको मलको पहिचान :
१. कुहाउन हालेको मल लतक्क मिलि काला देखिएमा ।
२. कुन चिजबाट बनाएको चिन्न नसकिने भएमा ।krishipatrika/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button