खबर

राजु विष्ट र प्रह्लाद सिंह पटेलले गरे भाजपा प्रार्थी शिखा च्याटर्जीको समर्थनमा चुनाउ प्रचार

राजु विष्ट र प्रह्लाद सिंह पटेलले गरे भाजपा प्रार्थी शिखा च्याटर्जीको समर्थनमा चुनाउ प्रचार
अप्रील 4, 2021
सिलगढी : डाबग्राम-फुलबारी विधानसभा क्षेत्रका भाजपा प्रार्थी शिखा च्याटर्जीले लगातार चुनाउ प्रचार प्रसार गरिरहेकी छन्। यसै क्रममा आज शिखा च्याटर्जीको समर्थनमा दार्जिलिङका सांसद तथा भाजपा प्रवक्ता राजु विष्ट, केन्द्रीय पर्यटन मन्त्री प्रह्लाद सिंह पटेलले सालुगढादेखि राज फापरीसम्म चुनाउ प्रचार गर्दै आफ्नो प्रार्थीको समर्थनमा मतदान गर्ने सबैसित अपील पनि गरे।

चुनाउ प्रचार अवधि प्रार्थी शिखा च्याटर्जीले मानिसहरूको समर्थन पाएकोमा विधानसभा चुनाउमा आफ्नो जीत निश्चित रहेको बताउँदै डाबग्राम-फुलबारी विधानसभा आसनबाट विपुल मतले जित हासिल गरेपछि आराम गर्नेछु भनी बताइन्। स्मरण रहोस्, उत्तर बंगालको केही विधानसभा क्षेत्रमा पाँचौँ चरणको मतदान आगामी 17 अप्रेलको दिन हुने भएको छ।

तृणमूल प्रार्थी राजेन सुन्दासले गरे तराईको विभिन्न क्षेत्रहरूमा चुनाउ प्रचार

पानीघट्टा : मतिगढा-नक्सलबारी विधानसभा क्षेत्रका तृणमूल कङ्ग्रेस प्रार्थी राजेन सुन्दासले आज त्रिहाना, कुइने, बेलगाछी, निरपानियाँ क्षेत्रमा चुनाउ प्रचार गरे। यस अवसरमा हिल तृणमूल कङ्ग्रेसका पूर्व अध्यक्ष राजेन मुखिया लगायत पार्टीका कार्यकर्ताहरूलाई साथमा लिएर राजेन सुन्दासले विभिन्न क्षेत्रहरूमा चुनाउ प्रचार गरे। चुनाउ प्रचार अवधि तिनलाई तराईको तृणमूल कङ्ग्रेसका समर्थक साथै बिमल खेमा सुकना पानीघट्टा समष्टिले निरपानियाँ र बेलगाछीमा स्वागत जनाइयो। प्रार्थी राजेन सुन्दासले विधानसभा चुनाउमा विजय भएको खण्डमा गाउँ-गाउँ, बस्ती-बस्तीको मूलभूत समस्याहरूको समाधान गरिदिने साथै बगानको समस्या समाधान गरिदिने वाचा गरे। यसको साथै तिनले आउँदो विधानसभा चुनाउमा आफ्नो समर्थनमा मतदान गर्ने सबैसित अपील पनि गरे।

माकपा प्रार्थी उत्तम शर्माको पक्षमा चुनावी जनसभा


अप्रील 4, 2021

मिरिक : खरसाङ विधान सभा क्षेत्रका संयुक्त मोर्चा समर्थित माकपा उम्मेद्वार उत्तम शर्माको पक्षमा आज मिरिक बजारमा चुनावी जनसभा सम्पन्न गरियो। निर्मल राईको अध्यक्षता सम्पन्न उक्त जनसभामा उम्मेद्वार कमरेड उत्तम शर्मा लगायत निर्मल देवान, सचिन खाती, चेतन गुरूङ, नरेन्द्र प्रधान, मजदुर नेता किस्मत तामाङ अनि मञ्जीत राईले जनसभालाई सम्बोधन गरे।siliguritimes/from,india

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button