स्वास्थ्य

झापामा ५७ जना कोरोनामुक्त

१ जेठ २०७८
चौतारी पोष्ट अनलाइन

झापा । झापामा एकैदिन ५७ जना कोरोनामुक्त भएका छन् ।

चौतारी पोष्ट अनलाइनलाई प्राप्त जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप १७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय झापाले दिएको जानकारीमा ७५ महिला र १०३ पुरुषमा संक्रमण भएको छ ।

जसमा मेचीनगरका ५ महिला र ३ पुरुष गरी ८ जना रहेका छन् । अन्य संक्रमितहरुमा बिर्तामोड ३६, दमक २४, भद्रपुर २३, अर्जुनधारा र झापा २२,२२, कनकाई १५ र शिवसताक्षी ११ रहेका छन् ।

यसैगरि बुद्धशान्ति ८, कमल ४, कचनकबल २, गौरादह, हल्दिबारी र ठेगाना नखुलेका १,१ जना रहेका छन् ।

झापामा अहिले सम्म २ हजार ६१३ जना सक्रिय संक्रमितको रुपमा आइसोलेसनमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button