कला

फिदिममा प्रदेश स्तरीय केलाङ्ग(च्याब्रुङ) प्रशिक्षण( फोटो फिचर)

१९ मंसीर २०७८
चौतारी पोष्ट अनलाइन
फिदिम । पाँचथरको फिदिममा प्रदेश स्तरीय केलाङ्ग(च्याब्रुङ) प्रशिक्षण शुरु भएको छ ।
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा प्रशिक्षण शुरु भएको प्राज्ञ तथा प्रशिक्षक समेत रहेका अशोक राईले चौतारी पोष्ट अनलाइनलाई बताए ।

प्राज्ञ राईका अनुसार मंसीर १५ गतेबाट शुरु भएको प्रशिक्षण मंसीर २७ गते सम्पन्न हुने छ ।नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको वार्षिक कार्यक्रम अनुसार‘प्रदेश स्तरीय नेपाली मौलिक लोकवाजा प्रशिक्षण’ कार्यक्रम अन्तर्गत सो प्रशिक्षण संचालन गरिएको राईले बताए ।सो प्रशिक्षणमा केलाङ्ग(च्याब्रुङ) सिक्नका लागि युवाहरुको उत्साहजनक सहभागिता रहेको राईले बताए । प्रशिक्षणमा केलाङ्ग(च्याब्ुङ)सम्बन्धि सैद्धान्तिक तथा प्रयोगात्मक दुवै पक्षलाई अध्ययन गराइएको उनले बताए । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान आयोजक रहेको यो कार्यक्रमको व्यवस्थापन किराँत याक्थुम चुम्लुङ्ग पाँचथर शाखाले गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button