खेलकुद

युभेन्ट्सको सहज जित

मंसिर २०, २०७८
एजेन्सी – इटालियन सिरी ‘ए’ मा युभेन्ट्सले सहज जित निकालेको छ । युभेन्ट्सले घरेलु मैदानमा जिनोआलाई २–० ले पराजित गरेको हो ।

घरेलु मैदानमा युभेन्टसको सहज जितमा जुआन कोर्डाडो र पाउलो डिबालाले गोल गरे । पहिलो हाफमा कोर्डाडो र दोस्रो हाफमा डिबालाले गोल गरेका थिए । एलिएन्ज स्टेडियम टोरिनोमा आइतबार राति भएको खेलको नवौं मिनेटमा कोर्डाडोको गोलमा युभेन्ट्सले अग्रता लिएको थियो । उनले फ्रिकिकमा सिधै गोल गर्न सफल भएका थिए ।

बल पोसेसनमा बलियो पकड राखेपनि युभेन्ट्सले दोस्रो गोलको लागि खेलको अन्तिम समय नै कुर्नुपरेको थियो । ८२औं मिनेटमा पाउलो डिबालाले गोल गर्दै युभेन्ट्सको जित पक्का गरे । उनले फेडरिको बर्नरडेस्चीका पासमा गोल गरेका थिए ।

जितसँगै युभेन्ट्स १६ खेलबाट २७ अंक जोडेर पाँचौ स्थानमा उक्लिएको छ । समान २७ अंक नै रहेपनि युभेन्ट्सले फियारेन्टिनालाई पछि पारेको हो । पराजित जिनोआ १० अंक जोडेर १८औं स्थानमा रहेको छ ।hamrokhelkud/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button