मूल खबर

मलाई नसोधी कुनै पदको टीका लगाइदिनु आपत्तिजनक छ: भीम रावल

३ पुष २०७८

न्युज अफ नेपाल, काठमाडौं ।

नेकपा (एमाले) का पूर्व उपाध्यक्ष डा. भीम बहादुर रावलले पार्टीले आफूलाई केन्द्रीय सल्लाहकार परिषद्को सदस्य बनाएकोमा आपत्ति जनाएका छन्।

उनले आफूलाई नसोधी कुनैपनि पदको टीका लगाईदिनु आपत्तिजनक रहेको जनाएका हुन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्(“मलाई नेकपा एमाले को केन्द्रिय सल्लाहकार परिषद्को सदस्य बनाइएको समाचार सुनियो ।यो सत्य हो भने, मलाई सोध्दै नसोधी कुनै पदको टीका लगाइदिनु आपत्तिजनक छ। यस्तो टीके प्रणाली जनताको बहुदलीय जनवाद र लोकतान्त्रिक मान्यताको विपरीत हुन्छ।”

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button