खबर

उखान टुक्कैमा जनताको मतको कदर भएनः कानुन मन्त्री यादव

३ पुस २०७८

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो कार्यकाल उखान टुक्कैमा लागेर जनताको मत कदर नगरेको प्रदेश २ का कानुन मन्त्री प्रमोद यादवले बताएका छन्।

बाराको कलैया उपमहानगरपालिका वडा नम्वर २३ भतौडामा पार्टी प्रवेश कार्यक्रममा पूर्व प्रधानमन्त्री ओलीको आफ्नो कार्यकाल उखान टुक्का मै बिताएको आरोप लगाए। घरघरमा ग्यासको पाईप, पानी जहाज जस्ता कुरामा अल्झाएर विकास विरोधी काम मात्र आफ्नो कार्यकालमा गरेका छन्।

माधव नेपालले पार्टी फुटाएको आरोप गलत रहेको कानुन मन्त्री यादवले बताए। अहम, घमण्डले गर्दा पार्टीबाट अल्लगिएको उनको आरोप रहेको छ।

तानाशाही शासनबाट मुक्त भएर देश र जनताको हकहितको लागि लड्ने भएकोले एकीकृत समाजवादीमा देशैभर पार्टी प्रवेश कार्यक्रममा लर्को लागेको उनले बताए।

भर्खर आफूले मन्त्रीको सपथ ग्रहण गरेकोले आफ्नो मन्त्रालयबाट हुने सहयोगको एजेन्डा लिएर आउनुस आफूले कार्यान्वयन गर्ने बताए।

सूर्य चिन्ह जनताको पक्षमा काम गर्न नसक्ने साबित गरिसकेको बताए। मुलुक कै भ्रष्ट पूर्व प्रधानमन्त्री ओलीले आफ्नो निजी स्वार्थ पूरा गर्न लागिपरेकोले पार्टी विद्रोह भएर अर्को पार्टी गठन भएको उनले जानकारी गराए।nagariknews/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button