कन्याममा देही कला केन्द्र,कलाकार छितेन तीन दिन बने भिक्षु !


अक्सर समाजको सजिव चित्रणलाई रङ्गहरुको समुच्चतामा उतार्न खप्पिस झापाको मेचीनगरमा ६ काँकरभिट्टामा रहेको देही कलाकेन्द्रका मुखिया छितेन शेर्पा यसपटक इलामको कन्याम पुगेर तीन दिन भिक्षु बनेका थिए । अर्थात उनले तीन दिन सम्म गेरु वस्त धारण गरेर भिक्षु नियमलाई पालन गरेका थिए । देही कला केन्द्र काँकरभिट्टाले आफ्नो वार्षिकोत्सवको अवसर पारेर यस पटक आफ्नो कला प्रदर्शनीका लागि इलामको पर्यटकीय स्थल कन्यामलाई रोजेको थियो । विगत भन्दा अलिक पृथक थियो यस वर्षको देहीको कला प्रदर्शन । देही कला केन्द्रका कलाकार जो यसका मुखिया पनि हुन् , छितेन शेर्पाका अनुसार यो प्रदर्शनीको उद्देश्य भनेको बौद्ध दर्शनलाई कला मार्फत उजागर गर्नु पनि थियो । बौद्ध दर्शनको आफ्नो पनलाइ चित्रकला मार्फत बुझाउने हेतुले यो प्रदर्शनीको आयोजना गरिएको थियो ।यस पटकको कला प्रदर्शनीलाई देही कलाले ‘ट्रिपल फाइभ’अर्थात फरकफरक दुरिबाट चित्रको दृश्य भन्ने प्रयोगात्मक कलाको प्रदर्शनी थियो । देही कला केन्द्र काँकरभिट्टा १० जना प्रशिक्षार्थीहरुले कोरेका चित्रका अलवा स्वयम् छितेनले खिपेका चित्रहरु पनि तीन दिन सम्म आयोजना गरिएको सो प्रदर्शनीमा राखिएका थिए ।
कलाकार छितेनकै शब्दमा भन्ने हो भने कलाकारले देखेको मात्र बनाउँदै न , मानव अन्तरमनका भावहरुलाई पनि आफ्नो कला मार्फत उसले व्यक्त गरेको हुन्छ भन्ने चित्र कलाको दार्शनिक पक्षलाई पनि अभिव्यक्त गर्ने यस पटकको कला प्रदर्शनीको धेय रहेको छितेनको कथन छ ।यस पटक उनले आफुले पाँच वर्ष देखि हुर्काएको कपाल मुण्डन गरेका थिए र तीन दिन सम्म भीक्षु परम्परा र नियमानुसार आफुले भिक्षु नियममा बाँधिएर रहेको पनि बताए ।कन्यामको कला प्रदर्शनीमा चित्रकलाका बारेमा अन्तरकृया समेत गरेको उनले बताए । कन्याम आफैमा प्राकृतिक सौन्दर्यताले भरिएको रमणिय पर्यटकीय स्थलको रुपमा रहेको र त्यहाँ पर्यटन मात्र होइन कला साहित्यको संगम स्थल पनि बनोस भन्ने आफ्नो चाहनाले पनि यस पटकको देही कला यात्राको उत्सव स्थल कन्याम रोजेको उनले बताए ।प्रदर्शनीकै क्रममा स्थानीय नागरिकको आत्मिय उपस्थितिले आफुलाई थप उर्जा मिलेको छितेनले बताए । कार्यक्रमकै अवसरमा स्थानीय बिध्यालयका बिध्यार्थीहरुलाई चित्रकलाका बारेमा छोटो समयमै भए पनि प्रशिक्षण गरिएको छितेनले बताए ।

50% LikesVS
50% Dislikes