खेलकुद

युवा स्टार माइकोलेन्को एभर्टनमा अनुबन्धित

पुस १८, २०७८
एजेन्सी – इंग्लिस क्लब एभर्टनले युक्रेनी युवा लेफ्टब्याक भिटाली माइकोलेन्कोलाई अनुबन्धित गरेको छ । एभर्टनले जनवरी ट्रान्सफरमा भिटालीलाई युक्रेनी क्लब डेनामो किएभबाट अनुबन्धित गरेको हो ।

एभर्टनले २२ वर्षीय भिटालीलाई ४ वर्ष ६ महिनाका लागि अनुबन्ध गरेको हो । उनी सन् २०२६ को समरसम्म एभर्टनमा रहनेछन् । उनको अनुबन्ध रकम खुलाइएको छैन । सेन्टर ब्याकबाट पनि खेल्न सक्ने क्षमता राख्ने भर्सटाइल डिफेन्डर माइकोलेन्कोले युक्रेनको राष्ट्रिय टोलीबाट २१ क्याप जितिसकेका छन् ।

‘एभर्टनमा जानु मेरो जीवनको ठुलो र महत्वपुर्ण चरण हो ।’ उनले भने, ‘मैले संधै प्रिमियर लिग खेल्ने सपना देखेको थिए । इंग्लिस फुटबल जहाँ खेलको जन्म भएको थियो र मलाई लाग्छ कि यो मेरो खेललाई धेरै राम्रोसँग मिल्छ ।’

म २२ वर्षको हुँ तर, मलाई युवा जस्तो लाग्दैन । मसँग युरोपेली स्तरमा खेलेको अनुभव छ । आशा छ कि म एक खेलाडीको रुपमा सुधार गरिरहनेछु ।’ उनले भने, ‘एभर्टनमा हाम्रा समर्थकहरुका अगाडि खेल्ने मौका पाएकोमा म उतसहित छु । मैले गुडिसन पार्कमा पछिल्ला केही खेलहरु हेरेको छु । ति अविस्मरणीय थिए । तिनीहरु अविश्वसनीय प्रशंसकहरु हुन् । जसलाई म ठुलो जिम्मेवारी महसुस गर्छु ।’

गुडिसन पार्कमा प्रशिक्षक भएपछि राफा बेनिटेजको यो छैटौ सम्झौता हो । माइकोलेन्को प्रिमियर लिगमा भिज्नेमाउनी विश्वस्त छन् । माइकोलेन्को गत समरमा युक्रेन क्वाटरफाइनलमा प्रवेश गर्दा टोलीमा महत्वुपर्ण सदस्य थिए । उनले डेनामो किएभबाट युक्रेनी लिग जितेका छन् । उनले दुई सिजन च्याम्पियन्स लिग खेलेको पनि अनुभव बटुलिसकेका छन् ।

डेनामो किएभकै उत्पादन उनले २०१६ देखि २०२२ सम्म १३२ खेल खेल्दा ७ गोल गरिसकेका छन् । युक्रेनको उमेर समूह हुँदै उनले सिनियर टोलीबाट २१ क्याप जितिसकेका छन् ।hamrokhelkud/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button