खेलकुद

आर्सनललाई हराउँदै लिभरपुल फाइनलमा

एजेन्सी – प्रिमियर लिग प्रतिद्धन्द्धी आर्सनललाई पराजित गर्दै लिभरपुल इंग्लिस फुटबल लिग (इएफएल) कप अर्थात कारवाओ कपको फाइनलमा प्रवेश गरेको छ ।

सेमिफाइनलको दोस्रो लेगमा आर्सनललाई २–० ले पराजित गर्दै लिभरपुलले फाइनलमा चेल्सीसँगको भेट पक्का गरेको हो । पहिलो लेग गोलरहित बराबरीमा सकिएको थियो ।

मुख्य फरवार्डद्धय साडियो माने र मोहम्मद सलाहविना खेलिरहेको लिभरपुलका लागि दोस्रो लेगको जितमा दुवै गोल पोर्चुगिज फरवार्ड डिएगो जोटाले गरे । उनले पहिलो र दोस्रो हाफमा समान एक गोल गरेका थिए ।

इमिरेट्स स्टेडियममा बिहीबार राति भएको खेलको १९औं मिनेटमा जोटाले गोल गर्दै लिभरपुललाई –० को अग्रता दिलाए । उनले ट्रेन्ट एलेक्सान्डर आर्नाेल्डको पासमा गोल गर्न सफल भएका थिए ।

७७औं मिनेटमा आर्नाेल्डकै पासमा जोटाले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै लिभरपुललाई जित दिलाएर फाइनलको बाटोमा डो¥याए । प्रतिस्पर्धात्मक बनेको खेलमा आर्सनलले पनि केही अवसर सिर्जना गरेपनि सदुपयोग गर्न नसक्दा पराजित हुन पुग्यो ।

अब लिभरपुलले उपाधिका लागि २७ फेब्रुअरीमा प्रिमियर लिग प्रतिद्धन्द्धी चेल्सीसँग खेल्नेछ । चेल्सीले प्रिमियर लिग क्लब टोटेनहम हटस्परलाई समग्रमा ३–० ले पराजित गर्दै यसअघि नै फाइनलमा स्थान बनाइसकेको छ ।hamrokhelkud/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button