खबरस्वास्थ्य

सबै प्रदेशमा गरी एक करोड ३३ लाख सिटामोल वितरण, साढे ११ लाख मौज्दात

काठमाडौं
काठमाडौँ उपत्यकालगायत देशका मुख्य सहरमा सिटामोललगायतका औषधि अभाव भएको गुनासो आइरहँदा सरकारले सिटामोलसहितका अन्य औषधी सबै प्रदेशमा गरी एक करोड ३३ लाख ४२ हजार ट्याब्लेट सिटामोल वितरण गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले सिटामोललगायत औषधिको अभाव नभएको जानकारी गराए । उनले केन्द्रीय मेडिकल स्टोर बाराबाट सातवटै प्रदेशलाई सिटामोल वितरण गरिएको बताए ।

प्रदेश १ कोप्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरलाई २७ लाख ६४ हजार ट्याब्लेट सिटामोल वितरण गरिएको उनलेजानकारी दिए । यस्तै प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र धनुषालाई २१ लाख ३० हजार, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र हेटौँडालाई १० लाख ९८ हजार ट्याब्लेट सिटामोल पठाइएको छ । गण्डकीको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र पोखरालाई १८ लाख, लुम्बिनीको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र बुटवललाई २७ लाख ३० हजार, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र नेपालगञ्ज र कर्णाली प्रदेशलाई समेत गरी १० लाख २० हजार र सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र धनगढीलाई १८ लाख ट्याब्लेट सिटामोल वितरण गरेको उनले बताए ।
सबै प्रदेशमा गरी एक करोड ३३ लाख ४२ हजारट्याब्लेट वितरण गरिएको छ । सोमात्रामा सिटामोल वितरण गरेर पनि ११ लाख ५८ हजार सिटामोल मौज्दात रहेकोअधिकारीको भनाइ छ । केन्द्रीय मेडिकल स्टोरबारा, पथलैयाले पारासिटामोल पाँच सय एमजीको वितरण गरेको जनाइएको छ ।गोरखापत्र दैनिकमा  छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button