खेलकुद

मार्सेलोलाई तीन खेलको प्रतिबन्ध

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका ब्राजिलियन भेट्रान डिफेन्डर मार्सेलोलाई तीन खेलको प्रतिबन्धसँगै २२५० युरो जरिवाना लागेको छ । मार्सेलोले कोपा डेल रे अन्तरगतको प्रि–क्वाटरफाइनलमा इल्चेविरुद्ध सिधै रातो कार्ड पाएका थिए।

रोयल स्पेनिस फुटबल फेडेरेसन (आरइएफएफ) अन्तरगत कोपा डेल रेको कमिटिले ३३ वर्षीय मार्सेलोलाई तीन खेलको प्रतिबन्धसँगै २२५० युरो जरिवाना सुनाएको हो । सिधै रातो कार्डको लागि एक खेलको निलम्वन र रेफ्रीलाई ‘तिमी खराव छौं’ भनेर दिएको प्रतिक्रियाका लागि अर्काे दुई खेलको प्रतिबन्ध सुनाइएको हो ।

यससँगै उनले एथलेटिको बिल्वाओविरुद्धको एक खेलसँगै सम्भावित सेमिफाइनलको दुई दुवै लेग गुमाउनेछन् । यो कोपा डेल रेमा मात्रै लागु हुनेछ । २२५० युरोमध्ये १३०० युरो रेफ्रीमाथिको प्रतिक्रियाको लागि हो । यस्तै इल्चेका पेरे मिलालाई पनि एक खेलको प्रतिबन्ध सुनाइएको छ ।

उक्त खेलमा रियल म्याड्रिडले अतिरिक्त समयमा २–१ को जित निकालेको खेलमा मार्सेलोले १०२औं मिनेटमा सिधै रातो कार्ड खाएको थियो । मोजिकामाथि फउल गरेको भन्दै उनलाई सिधै रातो कार्ड देखाउँदा मार्सेलोले रेफ्रीको निर्णयमा असन्तुष्टि जनाउँदै प्रतिक्रिया दिएका थिए ।

गत सिजनदेखि नै मार्सेलोले रियलको पहिलो टोलीमा पर्न संघर्षरत छ । तर, मार्सेलोले इल्चेविरुद्धको खेलमा मार्सेलोलाई पहिलो रोजाईमै मौका दिएको थियो । उनले केही राम्रो अवसरहरु समेत सिर्जना गर्दै आफु अझै पहिलो रोजाईमै खेल्न सक्ने संकेत दिएको थियो ।hamrokhelkud/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button