मूल खबर

राजस्व छली ल्याएको ५० लाख बराबरको सामान बरामद

न्युज अफ नेपाल, काठमाडौं ।

प्रहरीले ५० लाख बराबरको अबैध सुर्तिजन्य पदार्थ तथा कस्मेटिक सामानहरू बरामद गरेको छ। महानगरीय अपराध महाशाखाको टोलीले अप्रेसन ‘लिमा’ अन्तर्गत रेड लेवललगायतका विदेशी ब्राण्डका मदिराहरू राजस्व छली सम्बन्धी कसूरको अनुसन्धानको शिलशिलामा पक्राउ परेका सन्तोषचन्द्र बख्रेलको साथबाट उक्त सामान बरामद गरेको हो।

बख्रेलले भन्सार छली ल्याएको सुर्तिजन्य पदार्थहरू तथा सोको खाली प्याकेटहरू, विभिन्न कस्मेटिकका सामानहरू सैम्पु, साबुन, तेल, क्रिम तथा विदेशी ब्राण्डका विभिन्न चुरोटहरू काठमाडौं महानगरपालिका-१६ नयाँबजार खुशिबुस्थित भाडामा लिएको घरमा भण्डारण गरी राखेको अवस्थामा बरामद गरिएको महाशाखाले जनाएको छ। उक्त सामान थप अनुसन्धानको लागि राजश्व अनुसन्धान विभाग, हरिहरभवन ललितपुर पठाइएको महाशाखाले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button