मूल खबर

एसएस फुटवेयरमा लागेको आगो करिब ५ घण्टापछि नियन्त्रणमा, करिब साढे ८ करोडको क्षति भएको अनुमान

मेचीनगर । झापाको काँकरभिट्टा स्थित एसएस फुटवेयरमा लागेको आगो करिब ५ घण्टापछि नियन्त्रणमा आएको छ ।
आज विहान करिब १२ वजे सो उद्योगमा आगो लागेको थियो ।

मेचीनगर–६ का श्याम पिन्टुको एसएस फुटवेयर (जुत्ताउद्योगमा )बिद्युत सर्ट भई लागेको आगो करिब ५ घण्टापछि नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख डिएसपी सुनिलसिंह दाहालले बताए ।

सोउद्योगभित्र रहेको जुत्ता बनाउने कच्चा पदार्थ, रेडिमेड ,केमिकल लगायतका सामान पूर्णरुपमा नष्ट भएको डिएसपी दाहालले बताए । दाहालका अनुसार भवनको चारैतिरको भाग अधिकांश जलेको छ । आगलागीबाट करिब साढे ८ करोड क्षति भएको प्रारम्भिक अनुमान रहेको छ ।

यो समाचार तयार गर्दा सम्म भारतको पशिचम बंगालबाट आएका ३ वटा बारुण यन्त्र गईसकेको छ भने र झापा र मोरङका १० वटा फर्किने क्रममा रहेको बताइएको छ ।आगो नियन्त्रणमा नेपाली सेना, जनपद, शसस्त्र प्रहरी र स्थानीय खटिएका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button