

मेचीनगर ।
नेकपा)एकिकृत समाजवादी) विर्तामोड २ को वडा भेला शुक्रबार सम्पन्न भएको छ । लवराज सिलवालको अध्यक्षतामा गठन भएको वडा कमिटिीको सचिवमा पारस भट्टराई रहेकाछन् । नेकपा (एस)बिर्तामोड नगर कमिटीका अध्यक्ष श्रीप्रसाद सिटौलाका अनुसार सो भेलाको प्रमुख अतिथि संविधान सभा सदस्य तथा पार्टी केन्द्रीय सदस्य जीवनकुमारी घिमिरे रहेकी थिइन् भने भेला तथा कमिटी गठनको सो कार्यक्रममा पार्टीका जिल्ला अध्यक्ष वेदराज रेग्मी , मुक्ति सँगठनका केन्द्रीय उपाध्यक्ष श्याम ल्वागुन , समाजवादी प्रेस सँगठन केन्द्रीय उपाध्यक्ष तिर्थ सिग्देल, जिल्ला कमिटी सदस्यहरु श्री मिश्र , केदार ओडारी ,लक्ष्मण खतिवडाको उपस्थिति समेत रहेको थियो ।

सिटौलाका अनुसार अहिले सम्म बिर्तामोड नगर क्षेत्रमा नेकपा(एस)ले७ वटा वडामा कमिटी गठन गरिसकेको छ ।प्राप्त जानकारी अनुसार १ नं वडामा सागर राजवङ्शीको अध्यक्षतामा ३१ सदस्य कमिटी, २ नम्बरमा लवराज सिलवालको अध्यक्षतामा १५ सदस्यीय कमिटी, ३ माभगिरथ लुइँटेलको अध्यक्षतामा ३१ सदस्यीयकमिटी, ४मा गोविन्द वास्तोलाको अध्यक्षतामा ३१ सदस्यीय कमिटी, ८ माकुमार शिवाकोटीको अध्यक्षतामा ३१ सदस्यीय कमिटी ९मा वालकृष्ण आलेको अध्यक्षतामा ३१ सदस्यीय कमिटी १० मा लक्ष्मीप्रसाद निरौलको अध्यक्षतामा ३१ सदस्यीय कमिटी बनेको छ।माघ १७ गते युवा सँघ विर्तामोड, सन्देश खुलाल अध्यक्ष र नगेन्द्र निरौला सचिव रहेको ५१ सदस्य कमिटी गठन भएको छ ।




