
एजेन्सी – प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी र टोटेनहम हटस्परले एफए कपमा सानदार जित निकाल्दै प्रि–क्वाटरफाइनलमा स्थान बनाएका छन् । सिटीले च्याम्पियनसिप क्लब फुलहममाथि ४–१ को फराकिलो जित निकालेको हो।
इतिहाद स्टेडियममा शनिबार राति भएको खेलमा सिटीको फराकिलो जितमा रियाद महारेजले दुई तथा इल्केए गुन्डोगान र जोन स्टोन्सले एक गोल गरे । फुलहमका फावियो कार्भाल्होले एक गोल फर्काए ।
खेलमा सुरुवाती अग्रता फुललहमले चौथो मिनेटमै लिएको थियो । कार्भाल्होले ह्यारी विल्सनको पासमा गोल गरेका थिए । तर फुलहमको त्यो अग्रता दुई मिनेट पनि टिकेन । छैटौं मिनेटमा इल्केए गुन्डोगानले रियाद महारेजको पासमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।
१३औं मिनेटमा केभिन डि ब्रुएनको पासमा जोन स्टोन्सले गोल गर्दै सिटीलाई २–१ ले अघि बढाए । ५३औं मिनेटमा रियाद महारेजले पेनाल्टीमा गोल गर्दै सिटीलाई फराकिलो जिततर्फ अग्रसर गराए । ५७औं मिनेटमा महारेजले डि ब्रुएनको पासमा गोल गर्दै सिटीलाई ४–१ को फराकिलो जित दिलाए ।
अर्काे खेलमा टोटेनहमले घरेलु मैदानमा ब्राइटनलाई ३–१ ले पराजि तगर्दै अघिल्लो चरणमा प्रवेश गरेको छ । टोटेनहमको जितमा ह्यारी केनले दुई गोल गर्दा एक गोल उपहार पाएको थियो । ब्राइटनका यभेस विसोउमाले एक गोल फर्काए ।
१३औं मिनेटमा ह्यारी केनले एिरे इमिल होव्जजर्गको पासमा गोल गरेका थिए । २८औं मिनेटमा साली मार्चले आत्मघाती गोल गरेपछि टोटेनहमा २–० ले अघि बढ्यो ।
६३ओं मिनेटमा यभेसले गोल गर्दै ब्राइटनलाई खेलमा फर्काउने संकेत दिएपनि ६६औं मिनेटमा केनले व्यक्तिगत दोस्रो गोल गर्दै टोटेनहमलाई सहज जित दिलाउँदै अघिल्लो चरणमा प्रवेश गराए ।



