मूल खबर

विरोध पछि विद्यार्थी र सुरक्षाकर्मी बीच झडप, सेना परिचालन

मोतीराम तिमल्सिना

काभ्रे ।
अनेरास्ववियुका विद्यार्थीले काभ्रेमा सभामुख अग्नि प्रसाद सापकोटालाई धुलिखेलस्थित बिपी राजमार्गमा कालो झण्डा देखाएका छन् । एमसीसीको खारेजी, एमालेले कारबाही गरेका सांसदलाई पदमुक्त नगरेको लगायतका विषयलाई लिएर अनेरास्ववियु काभ्रेका विद्यार्थीले सभामुख सापकोटालाई कालो झण्डा देखाएका हुन् ।
काभ्रेको सारथी होटलमा आयोजना गरिएको सातै वटा प्रदेशका सभामुखसँगको अनुभव आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रममा सहभागि हुन जाँदै गर्दा अनेरास्ववियुले सभामुख सापकोटालाई कालो झण्डा देखाएको हो ।

अनेरास्ववियुले गरेको विरोधपछि जिल्ला सुरक्षा समन्वय समितिले नेपाली सेनानै परिचालन गरेको थियो । विरोध पछि विद्यार्थी र सुरक्षाकार्मी बीच झडपसमेत भएको थियो । कोण सभामा विद्यार्थी नेता सालिकराम पराजुली र युवा नेता सागर रायमाझीले सम्बोधन गरेका थिए ।newsofnepal/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button