कला

चर्चित गायक तथा संगीतकार बप्पी लहरीको निधन

काठमाडौं ।

भारतका चर्चित गायक तथा संगीतकार बप्पी लहरीको निधन भएको छ । मुम्बइको एक अस्पताल उपचारको क्रममा ७० वर्षीया लहरीको आज बिहान निधन भएको हो । मंगलबार राति स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।

‘बप्पी दा’ को नामलेसमेत परिचित लहरीको जन्म सन् १९५२ मा कलकत्तामा भएको थियो । बप्पीका पितासमेत प्रसिद्ध बंगाली गायक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button