
मेचीनगर । झापाको भद्रपुरबाट प्रकाशित बरुण साप्ताहिककी सम्पादक माया पकुवाल (प्रधान)को ५४ वर्षको उमेरमा आज विहान निधन भएको छ ।
उनलाई मिर्गौलाको समस्या रहेको थियो । चार वर्षअघि उनले मिर्गौला प्रत्यारोपण गराएकी थिइन् ।करिब एक साताअघि रुघाखोकी र निमोनिया संक्रमणले सताएपछि उनलाई सुरुमा भद्रपुर स्थित मेची अस्पताल र त्यसपछि ओमसाई पाथिभरा हस्पिटलमा भर्ना गरिएको थियो । उनको सोही अस्पतालमा नियमित डाइलोसिस भइरहेको थियो ।
ओमसाई हस्पिटलको आइसीयुमा राखेर उपचार भइरहेकै अवस्थामा आज विहान करिब ३।३० बजे उनको निधन भएको परिवारले जनाएको छ । उनी नेपाल पत्रकार महासंघ झापा, प्रेस चौतारी नेपाल झापा, नारी सञ्चार गृह झापा, भद्रपुर प्रेस क्लवलगायतका संस्थामा आवद्ध रहेकी थिइन् ।उनका श्रीमान र दुई छोरी रहेका छन् ।चौतारी पोष्ट अनलाइन परिवार स्वर्गीय पत्रकार पकवाल प्रति हार्दिक श्रद्धाञ्जली अपर्ण गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछौ !



