खबर

८ वर्षदेखि लालपुर्जा प्राप्तिका लागि लडाईँ

८ वर्षदेखि लालपूर्जा प्राप्तीका लागि लडेका तिते दमाई। तस्बिर: गोविन्द/नागरिक

गोविन्द केसी
वीरेन्द्रनगर
लालपूर्जा प्राप्ती लडाईमा अग्रपंतीमा लागिरहेका आठविस नगरपालिका-१ सुकिपिपलीका तिते दमाईको ८० वर्ष उमेरमा आइतवार निधन भयो। उनी समुदाय र आफ्नो लालपूर्जा प्राप्तिका लड्दा लड्दै निधन भयो। तर, हातमा लिएर मर्न उनको सपना पूरा हुन पाएन। नापी भईसकेको बस्ती पनि अहिले सुकुम्वासी बस्तीका रुपमा चिनिएको छ।

गाउँकै अगुवाहरुकै कारण उनीहरुले लालपूर्जा नपाएका हुन्। दलित अगुवा तिते दमाईको मृत्युले बस्ती यतिखेर शोकाकुल बनेको छ। चुनावका बेला लालपूर्जा दिलाउने सपना देखाएर भोट माग्ने जनप्रतिनिधिहरु चुनावपछि बाचा विर्सने गर्छन्। समुदायको पिडा उस्तै छ। समुदाय लालपूर्जाका लागि सरकारसंग लडाई अँझै लडिरहेको छ। ३८ वर्षदेखि आफू बस्दै आएको सुकिपिपलीको जग्गाको लालपुर्जा प्राप्तिका लागि लडाई चलिरहेको हो।

२०४० सालमा तत्कालिन सात्तला गाविसबाट अविरल वर्षाका कारण पहिरोले पुरै गाउँ नै पुरेपछि तिते दमाई सहित ४ घर सुकिपिपलीमा बसेका थिए। अग्लो र समथर भाग भएकाले पहिरोको जोखिम नभएपछि विस्थापित भएर पुरै गाउँ नै त्यहाँ जंगल फाडेर सरेको थियो। अहिले परिवार संख्या बढ्दै जादाँ बस्ती पनि बढेको छ। ४ घरबाट २१ घरधुरी रहेका छन्।

२ सय बढी दलित समुदायहरु लालपुर्जा प्राप्तीका लागि लडिरहेका छन्। तर, सरकारले अहिलेसम्म लालपुर्जा दिन सकेको छैन्। उनीहरु सुकुम्वासी जस्तै भएर जीवन बिताउनु परेको छ। २०५२ सालमा नापी आएको बेला नापी पनि भयो। बसालेको बस्ती नापीपछि पुर्जा पाउने आशमा बसेका दलित समुदायहरु लालपुर्जा ३८ वर्षसम्म नपाउँदा निराश भएका हुन्।

स्थानीय गाउँकै अगुवाहरुले विस्थापित भएर आएको दलित समुदायहरु गोठालोका रुपमा बसेको निवेदन दिएपछि नापी गरिएको उनीहरुको घरबारीको अहिलेसम्म लालपुर्जा पाउन नसकेको स्थानीयहरु बताउँछन्। ‘जनप्रतिनिधिहरु भोटका लागि बस्तीसंग चुनावमा लालपुर्जा दिने झुटको खेती छरिरहन्छन्।’ स्थानीय जलु नेपालीले भने, नापी भएको जग्गा न सरकारले लालपूर्जा दिन्छ न प्रतिवद्धता गर्नेहरुले सहयोग गर्छन्।’nagariknews/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button