खेलकुद

सेभिया र एटलान्टालाई सफलता

एजेन्सी – स्पेनिस क्लब सेभिया र इटालियन क्लब एटलान्टाले युरोपा लिगको प्रि–क्वाटरफाइनलको पहिलो लेगमा सफलता हात पारेका छन् ।

सेभियाले घरेलु मैदानमा इंग्लिस क्लब वेस्टह्याम युनाइटेडमाथि १–० को झिनो जित निकालेको हो । रोमन सान्चेज पिजुआनमा बिहीबार राति भएको खेलमा घरेलु टोलीको जितमा दोस्रो हाफमा मुनिर इएल हाडडाडीले गरेको गोल नै निर्णायक बन्यो । उनले ६०औं मिनेटमा मार्काेस एकुनाको पासमा गोल गर्न सफल भएका थिए ।

अब दोस्रो लेगमा यही नतिजा कायम राख्न सके सेभिया क्वाटरफाइनलमा प्रवेश गर्नेछ । वेस्टह्यामलाई अघिल्लो चरणमा प्रवेश गर्न नतिजा उल्ट्याउनुपर्ने हुन्छ । दोस्रो लेग सेभियाको मैदानमा १७ मार्चको राति हुनेछ ।

यस्तै अर्का खेलमा एटलान्टाले जर्मन क्लब बायर लिभरकुसनमाथि ३–२ को पूनरागमन जित निकालेको छ । एटलान्टाको जितमा लुइस मुरिएलले दुई तथा रुस्लान मालिनोभ्स्कीले एक गोल गरे । लिभरकुसनका चार्लेस एरानगुइज र मोउसा डिएवीले गोल फर्काए ।

यो जितले एटलान्टाको अघिल्लो चरण पुग्ने सम्भावना बलियो बनेको छ । दोस्रो लेगमा यही नजिता कायम राख्न सके एटलान्टा अघिल्लो चरणमा प्रवेश गर्नेछ । बायर लिभरकुसनलाई अघिल्लो चरणमा प्रवेश गर्न कम्तीमा पनि १–० को जितको खाँचो छ ।

अन्य नतिजा
बार्सिलोनाविरुद्ध गालाटासारे (०–०), ब्रागाविरुद्ध मोनाको (२–०) र रेन्जर्सविरुद्ध एफके क्रेभेना जेभेज्दा (३–०)hamrokhelkud/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button