
मेचीनगर ।करिब चार महिनाको हानपछि बल्ल नेकपा( माओवादी केन्द्र)ले बिर्तामोड नगर कमिटीको पदाधिकारी टुङ्गो लगाएको छ।
गएको मंसिर ११ गते नगर अधिवेशन उद्घाटन भएर विवादकै कारण लामो समय सम्म टुंगो लगाउन नसकेको माओवादी केन्द्रले आज पदाधिकारी चयन गर्न सकेको हो । पार्टीको नगर अध्यक्षमा मोहन सुब्बा चयन भएका छन् । पार्टीले ६ सदस्यीय पदाधिकारी चयन गरेको छ । कमिटीको उपाध्यक्षद्वय जनबहादुर जबेगु र कमल कडरिया चयन भएका छन् । त्यस्तै सचिव गणेश कालिकोटे, सहसचिव सन्दिप प्रसाईं र कोषाध्यक्ष कृष्ण लिम्बू चयन भएका छन् । महिला उपाध्यक्ष टुङ्गो लगाउन बाँकी छ भने ६५ सदस्यीय कमिटीमा सदस्य पनि चयन गर्न बाँकी नै छ ।
माओवादी केन्द्रले आज नगर पार्टी कार्यालयमा कार्यक्रम गरी पदाधिकारीको नाम सार्वजनिक गरेको हो ।
नगर इन्चार्ज युवराज दाहालले संचालन गरेको कार्यक्रममा नयाँ निर्वाचित पदाधिकारीहरुलाई कार्यक्रमका प्रमुख अतिथि माओवादी केन्द्रका केन्द्रीय सदस्य लक्ष्मी न्यौपाने , जिल्ला सहइन्चार्जहरु सिपी कडरिया, ज्योतिसिंह दर्लामी, झापा संयोजक अग्नि आचार्य, जिल्ला सचिव मोहन टुडू , २ नं क्षेत्रीय इन्चार्ज खड्ग तिम्सिना , सह–इन्चार्ज निर्मला खतिवडालगायतले शुभकामना दिएका थिए । कार्यक्रमको अध्यक्षता खेम गौतमले गरेका थिए । माओवादी केन्द्रको नगरमा देखिएको विवादकै कारण केही दिन अघिठगबहादुर खड्का , शिव कन्दङ्वा , जानुका थापा मगरलगायत करिव २ सय जनाले सो पार्टी परित्याग गरेका थिए ।



