
एजेन्सी – इंग्ल्यान्डले मैत्रीपूर्ण खेलमा स्वीट्जरल्यान्डलाई पराजित गरेको छ । घरेलु मैदानमा इंग्ल्यान्डले स्वीट्जरल्यान्डमाथि २–१ को पूनरागमन जित निकालेको छ ।
इंग्ल्यान्डको पूनरागमन जितमा लुका सा र ह्यारी केनले गोल गरे । स्वीट्जरल्यान्डका ब्रेल इम्वोलोको गोल सान्त्वना बन्यो । वेम्वली स्टेडियममा शनिबार राति भएको खेलको २२औं मिनेटमा ब्रेल इम्वोलोको गोलबाट इंग्ल्यान्ड पछि परेको थियो ।
पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा लुका साले कोनोर गल्लाघेरको पासमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । ७८औं मिनेटमा ह्यारी केनले पेनाल्टीमा गोल गर्दै इंग्ल्यान्डको जित पक्का गरे ।
अन्य नतिजा
क्रोएसियाविरुद्ध स्लोभेनिया (१–१), फिनल्यान्डविरुद्ध आइसल्यान्ड (१–१), आयरल्यान्डविरुद्ध बेल्जियम (२–२), स्पेनविरुद्ध अल्वानिया (२–१), जर्मनीविरुद्ध इजरायल (२–०) र नेदरल्यान्ड्सविरुद्ध डेनमार्क (४–२)हाम्रो खेलकुदबाट ।



