मूल खबर

छुवाछूत गर्नेलाई कैद, पीडितलाई क्षतिपूर्ति

काठमाडौं
जातीय छुवाछूतको सिकार भएका दम्पतीले साढे चार वर्षपछि न्याय पाएको छ। सप्तरी जिल्ला अदालतले यही कसूरमा पाँच जनालाई जनही पाँच महिना कैद र ५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको छ।

पीडितहरूलाई ५०/५० हजार रुपैयाँ क्षतिपूर्ति भराउनुपर्ने फैसलासमेत अदालतले गरेको छ। पीडित लीलाधर दास तत्माले आफूले ढिलै भए पनि न्याय पाएको प्रतिक्रिया दिएका छन्। ४२ वर्षीय तत्माले भने, ‘न्याय पाउने आस मरिसकेको थियो। ढिलै भए पनि न्याय पाएँ।’

तत्माकी पत्नी ३५ वर्षीया दुखनीदेवी दासले अदालतले अभियुक्तहरूलाई दोषी ठहर गरेकोमा सन्तोष जनाइन्। अदालतले आफ्नो पक्षमा फैसला गरे पनि दलितलाई समाजमा फर्किएर सामान्य रूपमा जीवन जिउन गाह्रो रहेको उनले बताइन्।

‘दोषीलाई कैद सजाय र जरिवाना भर्न लगाएर मात्रै हामीले न्याय पाउँदैनौं। समाजले बराबरी स्वीकार गर्नुपर्छ’, उनले भनिन्, ‘अमानवीय व्यवहार हुने सबै खाले विभेदको चलन हटाउनु पर्छ।’ अन्नपूर्ण पोस्टमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button